×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

​कम्तिमा दश बर्षका लागि ईन्धन दिने चीनको प्रस्ताव

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

​कम्तिमा दश बर्षका लागि ईन्धन दिने चीनको प्रस्ताव

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

छिमेकी चीनले नेपाललाई संकट पर्दाको अबस्थामा खुला दिलले सहयोग गर्दै आएकोमा अहिलेको उर्जा संकट समाधान गर्न पनि अग्रसरता देखाएको छ । उसले नेपालतर्फका अबरुद्ध दुई नाकालाई छिटो संचालनमा ल्याउने गरी ईन्धन आपुर्तिको ठोस प्रस्ताव पठाएको स्रोतले जनाएको छ । 
चीनको प्रस्तावमा काठमाडौ उपत्यकामा आबश्यक डिजल, पेट्रोल र ग्यास आपुर्ति गर्न दश बर्षका लागि सम्झौता गर्नुपर्ने शर्त रहेको बुझिएको छ । चीनले नेपालमा ईन्धन आपुर्तिका लागि तातोपानी र केरुड। नाकाको सडक चौडा पार्ने, नेपालतर्फका भन्सार कार्यालयहरुलाई ब्यवस्थित र बिस्तारित गर्नुपर्ने लगायतका कुराहरु पनि अघि सारेको छ तर नेपाली अधिकारीहरुले चासो नदिदा चिनियाँ प्रस्ताव अघि बढ्न नसकेको बुझिएको छ । 
चीनले यसअघि नेपाललाई चाहिने तेलको गुणस्तर र मूल्य माग गर्दै नेपाली अधिकारीहरुसँग छलफल चलाएको थियो । चीनमा धेरै थरिका पेट्रोलियम पदार्थ भएकाले नेपालमा भारतबाट आपुर्ति भईरहेका ईन्धनको गुणस्तरसँग मेल खाने गरी आयातको ब्यवस्था मिलाउनुपर्ने देखिएको छ । 
अर्थमन्त्री डा रामशरण महतलगायतका अधिकारीहरु चीनसँगको सम्बन्ध बिस्तारमा भन्दा पनि भारतसँगै निर्भर हुनुपर्ने पक्षमा रहेका छन् । महतले चीनतर्फबाट ईन्धन आपुर्ति संभव नभएको भन्दै भारतबाट मात्रै ल्याउने कुरामा जोड दिएको बताईन्छ । भारतको हेपाहा प्रबृत्तिलाई चुनौति दिन नेपालले ईन्धन आपुर्तिमा भारतको मात्र मुख ताक्न नहुने र चीन तथा अन्य तेस्रो देशसँग पनि सम्झौता गर्नुपर्ने दबाब भने सरकारी अधिकारीहरुलाई परेको छ । 
रक्सौल अमलेखगंज पाईपलाईन सम्झौताका कारण नेपाल आयल निगमलाई अन्य देशसँग ईन्धन आपुर्तिबारे कुरा चलाउन अफ्ठेरो परेकोले अन्य संस्था खडा गरी नेपालले दीर्घकालीन रुपमा ईन्धन आपुर्तिको बैकल्पिक ब्यवस्था गर्नुपर्ने बारेमा सरकारी तवरमा छलफल अगाडि बढाईएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी