
पहाडियाले लेखेको हो । ‘यो संविधान लागु भएपछि सबै मधेसीले पाएको नागरिकता अंगिकृतमा परिणत हुन्छ’ भनेछन् । महोत्तरीबाट काठमाडौ आएकायो संविधान एमालेका जिल्लास्तरिय मधेसी नेताले भने ‘ मधेसीवादी दलका नेताले सडकमा खुलेआम भाषण गरे, मधेसी जनताले पाएको वंशजको नागरिकता पनि सबै अगिकृतमा परिणत हुदैछ ।’
यही कुरा अत्याधिक प्रचार गरियो भन्दै उनले भने ‘हामीले सम्झाउदाँ सुन्न तयार थिएनन् । हामीलाई हाट वजारमा पनि पहाडियाको दलाल भनेर हुटिङ्ग गरेर हिडी नस्क्नु बनाए ।’ अहिले विस्तारै कुरा बुझ्दै गएका छन् र अझै गाउँघरका सर्वसाधारणले कुरा बुझ्न नपाएको उनले बताए ।
एमालेलगायतका संविधान पक्षधरले कुरा बुझाउन खोज्दा मोर्चाका कार्यकर्ता हुटिङ्ग गर्दै भिडनै आउने गरेको एमाले महोत्तरी जिल्ला कमिटी सदस्य जितेन्द्र पासवान बताउँछन् । अर्का एमाले जिल्ला कमिटि सचिवालय सदस्य रामप्रगास मण्डलले भन ‘ सर्वसाधारणको त कुरै छाडौ मोर्चा सम्वद्ध दलका जिल्लास्तरका नेताले पनि आफूले पाएको नागरिकता अंगिकृतमा परिणत हुने कुरा साच्चै हो भनेर पत्याएका रहेछन् ।’
महोत्तरीकै पूर्व एमाले जिल्ला सचिव भई केही वर्षदेखि मधेसवादी दलमा लागेका त्यसअघि सिडिओबाट सेवानिवृत भएका जलेश्वरका महेश्वर रायले पनि मधेसीले पाएका सबै प्रकारका नागरिकता संविधान लागु भएपछि स्वतः अंगिकृतमा परिणत हुने कुरा पत्याएको मण्डलले सुनाए । उनले भने ‘ मैले संविधान लगेर नागरिकताको महल सबै पढेर सुनाएपछि उनी छक्क परे ।’ पंचायतकालमा सिडिओ हुँदा धेरैको नागरिकताको प्रमाण पत्रमा हस्ताक्षर गरेका उनले ‘ यो त धेरै राम्रो रहेछ । किन उल्टो हल्ला चलाए छन् ?’ भनेर आफैले प्रश्न गरेको मण्डलले सुनाए ।
सबैको घरमा टेलिभिजन छैन । मधेसमा अधिकाँशले सुन्ने भएको स्थानीय एफएम हो । ती एफमले घण्टा घण्टामा यही कुरा दोहो¥याउथे र आन्दोलनकारीसंग लिएको प्रतिकृयाको प्रतक्ष्य प्रसारण गर्थे, मण्डलले सुनाए । ‘अहिले पनि हामीले राम्रोसंग बाहिरफेर घुम्न पाएका छैनौ । उनी भन्छन् ‘ एमाले भनेर सबैले चिनेका छन् । घरबाट बाहिर निश्कनासाथ छिमेकबाटै सुरु हुन्छ हुटिङ्ग ।’
एमालेले भन्ने गरेकोजस्तो कम जनसंख्या भएका जिल्लामा एउटा नघटाई अन्यमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, राज्यका अंगमा समानुपाति समावेसी प्रतिनित्व हुने गरी संविधान संशोधन गर्ने हो र त्यो कुरा आम जनतालाई बुझाउन सक्ने हो भने आन्दोलन त्यसै मत्थर हुने उनी बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्