Skip to content
LAXMI SUNRISE BANK

बहिनीले प्रेम विवाह गरेपछि दाजुले गोली हाने

अर्थ सरोकार

सिरहाको लहानका एक युवकले आफ्नै बहिनीमाथी गोली प्रहार गरेका छन् । दाजुको गोली प्रहारबाट लहान नगरपालिका– २० स्थित सिंग्राहीका २३ वर्षिय रेणुकुमारी महतो गम्भिर घाइते भएकी छिन् । उनको विराटनगरमा उपचार भएरहेको छ । रेणुको बिहे गत वर्ष सिरहाको चौहर्वामा परिवारले गरिदिएका थिए । तर त्यहाँबाट भागेर सिंग्राहीस्थित घर अगाडि नै प्रेम विवाह गरेको झोँकमा दाजुले गोली चलाएको प्रहरीले जनाएको छ ।   स्थानीय सन्तोष महतोले भने, ‘पहिले रेणुमाथि गोली प्रहार भएको थियो, तर कपालमा हल्कामात्र लाग्यो। त्यसपछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरे ।’ रेणु गम्भिर घाइते भएकी छिन् । गोली चलाउने दाजु उमेश साह भने फरार भएका छन्।

यता इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा प्रहरी नायब उपरीक्षक उमाप्रसाद चतुर्वेदीले रेणुमाथि गोली प्रहार नभई धारिलो हतियारमात्र प्रहार गरेर गम्भीर घाइते बनाएको बताए । उनले घटनाबारे विशेष अनुसन्धान भइरहेको पनि बताए।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK