×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चारजनाले पालैपालो गरे’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘चारजनाले पालैपालो गरे’

Artha Sarokar

२३ आश्विन २०७२, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

सामूहिक बलात्कारको सिकार भएकी बालिकाको बयान :

मेरो स्थायी घर दोलखा हो । अहिले काठमाडौँको कपनमा बस्दै आएकी छु । एक महिना नेना श्रेष्ठ दिदीको होटेलमा काम गरेँ । गत महिना होटेल बन्द भएपछि नेना दिदीकै डेरामा बस्दै आएकी छु ।

ललितपुरमा मेरो फुपू नाता पर्ने कल्पना र सुशीला श्रेष्ठ बस्नुहुन्छ । २८ गते म जात्रा हेर्न भनेर उहाँहरुकै डेरामा गएकी थिएँ । दिउँसो करिब २ बजे पुगेकी थिए । उहाँहरुकै डेरामा खाना खाइसकेपछि हामी सबैजना सुनाकोठी बजारमा लाखे जुधाउने जात्रा हेर्न गएका थियौँ । तीन घन्टाजति जात्रा हेरेपछि राति १० बजे हामी डेरामा फर्कियौँ । सबै त्यही सुत्ने कुरा भयो ।

एक घन्टाजति गफगाफ गरी बसेपछि मलाई कल्पना फुपूका ब्वाइफ्रेन्डलगायत केटाहरुले छाडा कुरा गर्ने, मेरो शरीरमा हात लगाई जिस्कनेजस्ता क्रियाकलाप गरे । त्यसपछि मलाई त्यहाँ बस्न उचित लागेन । मैले कपन बस्ने दिदीलाई फोन गरी आउँछु भनेँ ।

दिदीले आफ्ना प्रेमी पासाङलाई मलाई पनि पठाएको बताइन् । तर, धेरै बेरसम्म पनि पासाङ आएनन् । दिनीको फोनसमेत लागेन । त्यसपछि मैले राकेश भन्नेलाई ‘ट्याक्सी पाइँदैन’ भनेर सोध । उसले आफ्नो चिनेको साथीको ट्याक्सी भएको भन्दै ‘फोन गर्छु’ भनेर बाहिर गयो ।

ऊसँगै अरु तीनजना केटा पनि बाहिर गए । आन्दाजी १० मिनेटपछि राकेश मगरभित्र आयो । ‘ट्याक्सी आइपुग्न लाग्यो जाऔँ’ भनेपछि म बाहिर निस्किएकी थिएँ । कल्पना फुपूले ‘नजाऊ’ भन्दै हुनुहुन्थ्यो । तर, मलाई त्यस ठाउँमा बस्नै मन नलागेर हिडेकी हुँ ।

उनीहरुले ट्याक्सीमा पठाउन सहयोग नै गर्लान् भन्ने सोचेकी थिए । विश्वास मानेर राकेश मगरसँग गएकी हुँ । अलि पर पुगेपछि अरु केटासँग पनि भेट भयो । उनीहरुले मलाई ‘ट्याक्सी आउने बाटो यही हो’ भन्दै चौरमा पु¥याए । मलाई शंका लागेपछि किन यता ल्याएको भनेँ । ‘यतै त हो, हिँड भन्दै धकेल्दै चौरमा पुर्‍याए ।

‘ट्याक्सी यही आउँछ, बसौँ’ भनेपछि म पनि चौरमै बसेँ । राकेश मगर मेरो छेउमा बसी अँगालो हाल्यो । मैले ‘यो के गरेको’ भनेँ । ‘रमाइलो गरेको नि, यति पनि थाहा छैन’ भन्दै मेरो शरीरभित्र हात लगायो । सोही क्रममा अर्कोले मेरो हात समायो । त्यसको नाम अम्बरबहादुर मगर रहेछ, पछि थाहा भयो । उसले मेरो शरीरमा समाई चल्न दिएन । अरु दुईजना विशाल स्याङतान र मिलन महर्जनले मेरो पाइन्ट र पेन्टीसमेत खोलिदिए ।

म कराउने कोसिस गरेँ । मेरो मुख हातले बन्दी गरी मलाई कराउनसमेत दिइएन । मलाई राकेशले गालामा थप्पड हिर्कायो । मेरो मुख तथा आँखासमेत उनीहरुले हातले छोपिदिई पालैपालो जबर्जस्ती गरे । सुरुमा अम्बरबहादुर मगरले करणी गरेको हो । त्यसपछि अन्य तीनजनाले पनि पालैपालो करणी गरे । उनीहरुमध्ये एकजनाले कन्डम लगाएकोजस्तो लाग्छ । अन्यले के गरे, मलाई थाहा भएन । म रोई–कराई गर्दा पनि उनीहरुले मलाई करणी गर्न छोडेनन् ।

पछि, कसैलाई बताएमा ज्यान मार्ने धम्कीसमेत दिए । म डरले केही बोल्न सकिनँ । फेरि पनि केही समयपश्चात् करणी गर्नका लागि सल्लाह गर्न थाले । मैले आफूलाई दिसा लागेको बताएँ । दिसा गर्न जान्छु भनेपछि मलाई छाडिदिए । सोही बाहानमा म ननिकै रहेको खोलामा गएँ । त्यहाँबाट धान खेततिर भागेँ । मध्यरात भएको थियो । अँध्यारोमा भाग्दै करिब दुई किलोमिटर टाढा पुगेँ ।

दुई किलोमिटर टाढा पुगेपछि जस्ताले बारेको घरमा पुगी रोर्ई–कराई गरी ढोका खोल्न लगाए । दिँदीहरुले ढोका खोल्नुभयो । त्यो दिदीलाई चिनेकी थिइन । सोही दिदीलाई सम्पूर्ण कुरा बताइदिएँ । दिदीले नै प्रहरीलाई खबर गरिदिनुभयो । त्यहीँबाट मलाई प्रहरीले कार्यालयमा पु¥याएको हो । मलाई अनेक प्रपञ्च रची एकान्तस्थालमा पु¥याएर जबर्जस्ती करणी गर्नेलाई हदैसम्मको कारबाही हुन्छ भन्ने अपेक्षा गरेकी छु ।
नयाँ पत्रिका

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी