
सर्वोच्चले अन्याय भएको भन्दै अतिरिक्त प्रहरी महानिरीक्षकमा चारै जनालाई २०७१ साल साउन २९ गते (अन्य ९ जना डिआइजीहरु एआइजीमा बढुवा भएको मिति ) कै मितिबाट लागू हुने गरी पद सृजना गरेर भए पनि बढुवा गर्न २०७१ साल असोज ८ गते फैसला गर्दै परमादेश जारी गरे पनि गृह मन्त्रालय तथा प्रहरी महानिरीक्षकले त्यसमा चासो नदिदा उनीहरु अझै बढुवा हुन नसकि घरमा नै थन्किएर बसेका छन्।
पुनरावलोकन समितिले बढुवा समितिले गरेको सिफारिसलाई त्यस समय उल्टाएको थियो । लोकसेवाको बढुवा समितिले अंक तालिका अनुसार कम अंक ल्याएकोलाई बढुवा गरी धेरै अंक ल्याएकोलाई बढुवाबाट रोकेको भन्दै पुनरावलोकन समितिले निर्णय उल्टाए पनि कार्यान्वयनमा आउन सकेन्।
त्यसबखत राजनैतिक भागबण्डा मिलाउन भन्दै सात जनाको दरबन्दी हुँदा हुँदै दरवन्दी बढाएर नौ जनालाई मन्त्रीपरिषदले बढुवा गराएको थियो। त्यसबेला कनिष्ठलाई धेरै अंक दिएर बढुवा गरेकोले कतिपय राम्रा भनिएका डिआइजी नै बढुवा हुनबाट रोकिएपछि प्रहरी बृतमा हल्लिखल्ली नै मच्चिएको थियो।
सर्वोच्चको परमादेश समेत नमानेका प्रहरीका निक्कै राम्रा ठानिएका महानिरीक्षक उपेन्द्रकान्त अर्यालको नियतबारेमा प्रहरी भित्रै प्रश्न गर्न थालिएको छ।-हाम्रा कुरा