×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजमार्ग अवरोध गर्न आउँदा गोली चल्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजमार्ग अवरोध गर्न आउँदा गोली चल्यो

Artha Sarokar

१५ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पूर्व–पश्चिम राजमार्गमा अवरोध गर्न आएका मधेसी मोर्चा र थरुहटका कार्यकर्तालाई रोक्न खोज्दा रौतहटको चन्द्रनिगाहपुरमा गोली चलेको छ ।

गौर राजमार्गतर्फबाट आएका करिब १ हजार प्रदर्शनकारीलाई सुरक्षाकर्मीले रोक्न खोजेपछि शुरु झडपका क्रममा प्रहरीले २० राउन्ड बढी गोली चलाएको छ ।

पूर्व–पश्चिम राजमार्गतर्फ बढिरहेका प्रदर्शनकारीलाई रोकेपछि दिउँसो १ बजेबाट शुरु झडपले हिंसात्मक रुप लिएको हो ।

प्रदर्शनकारीलाई रोक्न खटिएका सशस्त्र र जनथपथ प्रहरीले अहिलेसम्म २० राउन्ड हवाई फायर गरिसकेका छन् ।

सुरक्षाकर्मीले प्रदर्शनकारीहरुलार्इ चन्द्रनिगाहपुर बजारबा करिब २ किलोमिटर तलतिर रोकेपछि झडप भएको हो ।

त्यसैगरी १ दर्जन अश्रुग्यास हानिएको छ भने सोही संख्यामा रबरका गोली प्रहार गरिएको छ ।

सुरक्षा निकायले अहिलेसम्म दुबैतर्फ घाइते भएकाहरुको विवरण दिइसकेको छैन । झडप जारी रहेकाले घटनाको विस्तृत विवरण आएको छैन ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी