Skip to content
LAXMI SUNRISE BANK

विमान उडाइरहेका पाइलटको मृत्यु भएपछी…

अर्थ सरोकार

अमेरिकन एयरलाइन्सको विमान उडाइरहेको पाइलटको मध्य आकाशमै मृत्यु भएको छ। फिनिक्सबाट बोस्टनतर्फ जाँदै गरेको अमेरिकी एयरलाइन्स एयरबस ए ३२०का  पाइलटको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।  उडिरहेको जहाजमा अचानक पाइलटको मृत्यु भएपछि सहायक पाइलटले विमानलाई नियन्त्रणमा लिएर सुरक्षित अवतरण गराएका थिए।  एकसय ४७ जना यात्री र पाँचजना चालक दलका सदस्य रहेको उक्त एयरबसलाई को पाइलटले आकस्मिक रूपमा न्युयोर्कमा अवतरण गराएका थिए।  पाइलटको मृत्यु हुनका कारणबारे विस्तृतमा केही खुलाइएको छैन।  ‘दुर्भाग्यवस् हाम्रो पाइलटको मृत्यु भएको छ। हामी यो घटनाबाट धेरै दुःखी छौं,’ घटनापछि अमेरिकन एयरलाइन्सले विज्ञप्ति जारी गर्दै भनेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK