
व्यवस्थापिका संसदले नयाँ सभामुखको चुनावी प्रक्रिया बुधबार थाल्ने भएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
दिउँसो ३ बजेदेखि बस्ने संसद बैठकअघि नै सभामुख सुवास नेम्वाङले पदबाट राजीनामा दिई मार्ग प्रशस्त गर्नेछन् ।
सभामुखले उपसभामुखसमक्ष राजीनामा बुझाउनेछन् । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले पदबाट राजीनामा नदिई प्रक्रिया अघि बढाए पनि नेम्वाङले भने आफू पदमै बसेर नयाँ छान्ने प्रक्रिया असहज हुने भन्दै राजीनामा दिन लागेका हुन् ।