
नेपाल पञ्चाङ्ग निर्णायक समितिले नेपालको लागि यस वर्षको दसैँको टिका ग्रहण गर्ने साइत कार्तिक ५ गते विहान १०ः ५५ लाई उत्तम मानेको छ । यद्पी, विश्वका अन्य देशमा रहेका हिन्दुहरुले भने स्थानीय समयको उत्तम साइतमा टिका ग्रहण गर्नुपर्ने हुन्छ। त्यसको लागि हामीले ज्योतिष शास्त्र विधी अनुसार विभिन्न शहरहरुमा निम्न अनुसार साइत पर्न गएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको लागि कार्तिक ५ गते अर्थात अक्टोबर २२ तारिखका दिन मध्यान्न ११ः५१, क्लोराडोमा १२ः५, फ्लोरिडाको लागि १२ः३५, न्योर्कमा १२ः१६, वासिङटन डिसीमा १२ः१८, मेरिल्याण्डमा १२:२५ र टेक्सासमा विहानको ११ः५ लाई उत्तम साइत मानिएको छ ।
त्यस्तै गरी क्यानाडाको टोरन्टोका लागि मध्यान्न १२:४५ र मोन्र्टेलमा १२ः४० लाई उत्तम साइत भनी निर्धारण गरिएको छ । त्यस्तै बेलायतको लन्डनको लागि भने १ः१० लाई उत्तम साइत मानिएको छ ।
उता जापानको टोकियोमा विहानको १०ः४५ लाई उत्तम साइत मानिएको छ । इजरायलको टेल अविभमा भने विहानको १०ः३५ लाई उत्तम साइत मानिएको छ । अष्ट्रेलियाको मेलर्वन र सिडनीमा भने ११ः४५ उत्तम साइत परेको छ । मलेसियाको क्वालालाम्पुरमा ११ः२५ को साइत छ भने कोरियाको सोलमा भने विहानकै ११ः५५ उत्तम साइत परेको छ।
यस वर्ष नेपाली पात्रो अनुसार आठ रात नौ दिनको नवरात्र परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो नेपाली पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिन्छ तर प्रायः आधुनिक ज्योतिषीहरुले ग्रह गणना गर्दा द्रिक सिद्धान्तका आधारमा गर्ने गर्दछन । द्रिक पात्रो अनुसार ५ गते १२:१४ सम्म नवमी तिथी नै छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्