×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अराजक हरुकै दिन आयो ! कुर्सी भाँच्ने र गन्जी च्यात्ने दुबै मन्त्री !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अराजक हरुकै दिन आयो ! कुर्सी भाँच्ने र गन्जी च्यात्ने दुबै मन्त्री !

१ कार्तिक २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

 एकीकृत नेकपा माओवादीले केपी ओली सरकारमा जाने सात मन्त्रीको नाम टुङ्गो लगाएको छ ।

केपी ओली सरकारको गृह मन्त्रालय शक्ति बस्नेतले सम्हाल्ने भएका छन् । सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए ।

सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । सुरुमा कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने निर्णय भएपनि उल्टाएर रायमाझीलाई अघि सारिएको हो ।

उमेश यादव सिचाइँ मन्त्री बन्ने भएका छन् । उनी सप्तरी ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत माघमा संविधानसभाभित्र भएको तोडफोडमा अग्रपत्तिमा रहेपछि सांसद यादव चर्चा र विवादमा आएका थिए ।

एमाओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । पोखरेल प्रमुख सचेतक र शर्मा सचेतक थिए ।

बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् । पुन पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।

एमाओवादीबाट यसअघि हरिबोल गजुरेल कृषिमन्त्री भइसकेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: