
केपी ओली सरकारको गृह मन्त्रालय शक्ति बस्नेतले सम्हाल्ने भएका छन् । सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए ।
सरकारमा एमाओवादीको नेतृत्व भने टोपबहादुर रायमाझीले गर्नेछन् । उनी उपप्रधान एवं उर्जामन्त्री हुनेछन् । सुरुमा कृष्णबहादुर महराले सरकारको नेतृत्व गर्ने निर्णय भएपनि उल्टाएर रायमाझीलाई अघि सारिएको हो ।
उमेश यादव सिचाइँ मन्त्री बन्ने भएका छन् । उनी सप्तरी ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत माघमा संविधानसभाभित्र भएको तोडफोडमा अग्रपत्तिमा रहेपछि सांसद यादव चर्चा र विवादमा आएका थिए ।
एमाओवादीबाट गिरिराजमणि पोखरेल शिक्षा, रेखा शर्मा सामान्य प्रशासन, अग्नि सापकोटा वन मन्त्री बन्ने भएका छन् । पोखरेल प्रमुख सचेतक र शर्मा सचेतक थिए ।
बाईसीएल अध्यक्ष एवं सांसद गणेशमान पुन आपूर्ति मन्त्री बन्ने भएका छन् । पुन पहिलो पटक मन्त्री बन्न लागेका हुन् ।
एमाओवादीबाट यसअघि हरिबोल गजुरेल कृषिमन्त्री भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्