![]() |
| शैलेन्द्र घिमिरे |
कुनै पनि मुलुकले आफ्नो दीर्घकालीन हितकावारेमा सोच्ने र त्यो हित प्राप्त गर्न आफ्ना नीतिहरुलाई लागू गर्ने कुरा अन्यथा भन्न मिल्दैन । भारत आफ्नो नीतिमा अडिग छ र सामान्य कारणहरुले यसलाई परिवर्तन गर्न संभव छैन ।
भारत विश्वको सामरिक तथा अर्थिक महाशक्तिको दौडमा छ । विश्लेषक भन्छन यहि गतिमा भारतले आफ्नो आर्थिक र सामरिक उन्नति कायम राख्ने हो भने विश्को प्रमुख महाशक्ति वन्न त्यति धेरै मेहनत गर्नुपर्ने छैन । यो उन्नतिका साथ दक्षिण एसियामा आफ्नो पक्षमा सन्तुलन वनाइराख्ने चुनौति पनि यस संगसंगै भारतसंग रहेको छ । नेपालमा अहिले भइरहेको अघोषित भारतीय नाकावन्दी त्यही सन्तुलन र स्वार्थ पूरा गर्ने भारतीय रणनीतिको एक हिस्सा हो ।
भारत छिमेकमा आफू अनुकूलको स्थिरता चाहन्छ । पछिल्लो समय नेपालमा भारतीय अनुकुलको स्थिरता वन्न सकेन । मुख्य त नेपालको राजनीतिमा एमाओवादीको उदय पछाडि भारतले विश्वासिलो हितैषी प्राप्त गर्न सकेन । राजतन्त्र रहुन्जेल दरवार भारतीय अनुकूलतामा थियो । तर ०६२ को जन आन्दोलनपछि नेपालका राजनीतिक दल भारतीय इच्छा विपरीत संचालित भए भन्ने भारतमा रहेको छ । यस अगाडि नेपालमा खासै आफ्नो प्रतिकूलता नदेखेको भारतले मुख्यत नेपालमा चिनियाँ चासो र नेपालको कुटनीतिक वच्पनका कारण आफू खतरामा रहेको देखिरहेको छ । संयुक्त राष्टसंघमा चिनियाँ राष्टपतिले साना र ठूला देशको सम्बन्धका बारेमा गरेको टिप्पणी पनि कहीं न कहीं छिमेकमा रहेको चिनियाँ चासोको परिण्णाम हो भन्ने वुझ्न कुनै मेहनत गर्नु पर्दैन ।
मधेशमा भारतीय चासो के र किन भन्ने वारेमा नेपालीहरु नै द्धिविधामा छन् । न यस प्रति नेपालको सरकारी ओहोदामा बसेकाहरुले विष्लेषण गरेका छन न त राजनीतिक दलहरुले नै । पछिल्लो समय नेपालमा अघोषित नाकावन्दी गरेको भनेर भनिएको भारतले मधेशममा आफ्नो दीर्घकालीन योजनाको मुख्य अध्याय सकेको छ । भारत मधेशमा मधेशी जनतालाई काठमाडौ केन्द्रित राज्यसत्ताले माया गर्दैन भन्ने स्थापित गर्न चाहन्थ्यो । साथै मधेशका जनताप्रति भारतको सहानुभूति रहने र उनीहरुको उनदेखि नुनसम्मको चिन्तक भारत हो भन्ने सन्देश दिनु थियो जुन मुलतः पूरा भएको छ । उसले नेपालमा अघोषित नाकाबन्दी गरेर, भारतका विभिन्न स्थानमा आन्दोलन पीडित नेपालीका लागि जनतहवाट शिविरहरु वनाएर यसको स्पष्ट र वुझने गरी सन्देश दिएको छ । जसमा भारत पूर्णत: सफल भएको मान्न सकिन्छ ।
दोश्रो भारतले अहिलेकको प्रस्तावित २ नं प्रदेशमा मुख्यत केन्द्रिय सत्तामा रहने काग्रेस एमाले र एमाओवादीलाई हदै सम्म कमजोर वनाउन चाहन्थ्यो । मधेश आन्देलनका क्रममा ति पार्टीका स्थानिय कार्यलय तथा नेताका आवासमा गरीएका आक्रमणहरुले पनि यो कुरालाई पुष्टि गरेको छ । उस्को यो रणनितीले एकहद सम्म सपफलता पाएको छ ।आज मधेशमा यी राजनैतिक दलका कार्यकर्ता छैनन त होइन , तर तिनीहरु वोल्न नसक्ने अवस्थामा रहनु आफैमा भारतको सफलता नै हो ।
भारतको अर्को स्वार्थ प्रस्तावित २ नं प्रदेशको सिमाकनको कुरा हो । यस अगाडी सम्म मधेशवादी दलहरु आफुलाई मधेशमात्र रहेको प्रान्त चाहिएको कुराको जिकीर गरीरहेका थिए तर पछिल्लो समय उनिहरुले मधेशमा चुरे पनि मिलाउनु पर्ने तर्क गरीरहेका छन । यो तर्क आफैमा मधेशको तर्क हो की होइन भन्ने वारेमा न हाम्रो राज्य संयत्र संग कुनै विष्लेषण छ न त नेपालका राजनैतिक दलसंग नै । कहि न कहि हिजोको मधेशवादी दलको तर्क र अहिलेको तर्क हेर्दा यो भारतीय इच्छा मुतावीक उठाइएको मुद्दा त होइन भन्ने आशंका गर्न सकिने स्थान प्रसस्त रहेको छ ।
भारतको मधेशमा रहेको स्वार्थ भनेको नेपाललाई जहिल्यै आफ्नो कव्जामा राखिरहनका लागी आवस्यक थियो । अहिलेको मधेश आन्दोलनका कारण मधेशमा केन्द्रीय दलहरु कमजोर वनेका छन । अव कुनै मितिमा मधेशको २ नं प्रन्तमा चुनाव भए त्यहाँको स्थानिय सत्तामा स्थानिय आन्दोलनकारी दलको दुइ तिहाई वहुमत रहने स्थीतीको विकास भएको छ । जुन दुई तिहाइ वहुमतले नेपालको काठमाण्डौं केन्द्रीत केन्दीय सत्ता संग सधै वार्गेनिग गरीरहने र आफु अनुकुल नभए नेपालको भौगोलीक अखण्डताका विरुद्ध कदम उठाउन सक्ने छ । त्यो कुरालाई भारतीय पक्षले सरक्षण र सम्वर्धन गर्नेकुरा निर्विवाद छ । यसो गर्दा नेपालको तराई भुमी सिक्कीमी सैलिमा भारतमा विलयकालागी उक्साउन सकिने र यो संभव रहेको भारतिय निष्कर्ष हुनसक्छ ।
यो वाहेक नेपालको तराईमा क्रियाशिल राजनैतिक दलले पछिल्लो पटक तराईलाई चुरेसंग जोडननु पर्ने माग कहि न कहि भारतीय पक्षको आग्रह अनुसार गरीएको भन्न सकिने ठाउँ प्रसस्त रहोको छ । दुनीयाँलाइ थाह भएको कुरा के हो भने भारतको ठुलो जनसंख्या नेपालको पानीमा निर्भर रहेको छ । भारतको वढदो जनसंख्या तथा वढदो वातावरणीय विनासको कारण पानिका श्रोतमा देखिएको कमी तथा तिनको पुर्ति आगामी दिनको भारतीय चासो हो । नेपालको कोशी नदि भारतमा पानि आपुर्तीको मुख्य नदी हो । यो नदीको नियमीतताले भारतीय कृषि उत्पादन तथा भारतीय जनतालाई पिउन योग्य पानिको ठुलो हिस्साको पुर्ति गर्दछ अत हिमालवाट झरेका नदीहरुको घटदो आयतन तथा पानिकोवढदो मागका कारण नेपालको कोशि नद.ीलाई नेपालमा ठुलो जलासयको रुपमा राख्नु भारतीय हितमा रहेको छ ।
अव भारतले के गर्छ भन्ने वारेमा आम नेपालीहरुमा चासो रहेको छ । भारतले जे गर्नु थियो , त्यो गरीसकेको छ । अव उस्ले आफ्नो फेस सेभिग हुने ढंगले मधेश केन्द्रीत दलहरुलाई वार्तामा वस्न र सम्झौतामा पुग्न निर्देशित गर्न सक्दछ । यो संगसंगै मधेशमा एउटै मधेशी दल निर्माण तथा सोहि आधारको राष्टिय चरीत्रको पार्टि निर्माण अवको दिनका भारतिय प्राथमीकतामा पर्न सक्ने छन । भारतले अहिले यसो गर्यो वा उसो गर्यो भन्ने गरीएको छ । अहिले भारतले गरेको कुरा गरेको नभएर भनेको हो । भारतले गर्न थाल्यो भने यो भन्दा गंभिर कठिनाइको सामना नेपालीले गर्नु पर्नेछ ।त्यस कारण आगामी दिनमा आउन सक्ने चुनौती तथा तिनवाट उन्मुक्तिका लागी नेपालले अहिल्यै देखी सोच्नुको विकल्प छैन । सिकार गरीसकेर फर्के पछि वाघ आयो वाघ आयो भनेर चिच्याउनुको अर्थ रहदैन । अहिलेको भारतको गतीविधी तथा नेपाली प्रतिक्रिया सिकार गरेर फर्किसके पछि आयो आयो भनेर चिच्याउनु जस्तै हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्