×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानीमै मानव बलि दिने प्रयास ! बलिबाट जोगिइन् युवती, तान्त्रिकसहित २ पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राजधानीमै मानव बलि दिने प्रयास ! बलिबाट जोगिइन् युवती, तान्त्रिकसहित २ पक्राउ

Artha Sarokar

१९ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


हड्डी जगाउने नाममा मानव बलि दिन खोज्ने तान्त्रिकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । नागार्जुनमा एक युवतीलाई बन्धक बनाई बलि दिन लागेको आरोपमा प्रहरीले तान्त्रिक तानु पहरी र आमेकार शाहलाई पक्राउ गरेको हो । पहरी भारतीय नागरिक हुन् भने शाह पीडित युवतीका नाताले दाजु पर्ने व्यक्ति हुन् ।

पूजाको नाममा आफूलाई १८ दिनसम्म बन्धक बनाएर बलि दिने प्रयास गरेको भन्दै पीडित युवतीले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा उनीहरुलाई कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको  छ ।

नागार्जुनस्थित एक घरमा डेरा लिई हरेक एक युवतीलाई मानव खप्पर तथा हड्डी पूजा गर्न लगाइन्थ्यो । पूजा गरेपछि हड्डी जाग्ने र जे माग्यो त्यही पूरा हुने विश्वासका आधारमा शाहले आफ्नी बहिनीलाई त्यहाँ लगेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी