Skip to content
LAXMI SUNRISE BANK

तपाईंको आजको राशिफल (२०७२ साल असोज २३ गते शनिबार)

अर्थ सरोकार

आज मिति २०७२ असोज २३ गते शनिबार । तपाईंको राशिफल यस्तो छ । राशिले जे भने पनि तपाईं आफ्नो कर्ममा सक्रिय रहनुहोला । शुभदिन ।

मेषः कामहरु अधुरै रहनाले मन खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

वृषः रोकिएका अधुरा काम पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ ।

मिथुनः सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ ।

कर्कटः गरेका कार्य हत्तपत्त नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ ।

सिंहः प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्या हल हुनेछ, अन्न तथा धन लाभ होला ।

कन्याः समस्याहरु आफैँ किनारा लाग्नेछन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

तुलाः यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्छ ।

वृश्चिकः परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

धनुः आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ ।

मकरः लाभदायक समय छ । अर्थिक लाभ मिल्नुका साथै व्यापारव्यवसायमा फाइदा हुनेछ ।

कुम्भः आकस्मिकरुपले सफलता वा असफलता मिल्ने समय छ, रुपैयाँपैसाको कारोबार हुने दिन छ ।

मीनः गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहीसँग सामान्य वादविवाद पनि होला ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK