×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तपाईंको आजको राशिफल (२०७२ साल असोज २३ गते शनिबार)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

तपाईंको आजको राशिफल (२०७२ साल असोज २३ गते शनिबार)

Artha Sarokar

२२ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आज मिति २०७२ असोज २३ गते शनिबार । तपाईंको राशिफल यस्तो छ । राशिले जे भने पनि तपाईं आफ्नो कर्ममा सक्रिय रहनुहोला । शुभदिन ।

मेषः कामहरु अधुरै रहनाले मन खिन्न होला, घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन ।

वृषः रोकिएका अधुरा काम पूरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने छ, सामान्यतया दिन राम्रो छ ।

मिथुनः सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ, सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ ।

कर्कटः गरेका कार्य हत्तपत्त नबन्ने साथै बनिहाले पनि मेहनत गरेअनुसारको फल नपाइने योग छ ।

सिंहः प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्या हल हुनेछ, अन्न तथा धन लाभ होला ।

कन्याः समस्याहरु आफैँ किनारा लाग्नेछन्, धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ ।

तुलाः यात्राको लागि उचित समय रहेको देखिन्छ, कृषिकर्म र व्यावसायिक काममा केही चुनौतीको सामना गर्नुपर्छ ।

वृश्चिकः परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ ।

धनुः आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ ।

मकरः लाभदायक समय छ । अर्थिक लाभ मिल्नुका साथै व्यापारव्यवसायमा फाइदा हुनेछ ।

कुम्भः आकस्मिकरुपले सफलता वा असफलता मिल्ने समय छ, रुपैयाँपैसाको कारोबार हुने दिन छ ।

मीनः गरेका कामहरु अधुरा रहने छन् भने स्वास्थ्यले पनि साथ नदिन सक्छ, कोहीसँग सामान्य वादविवाद पनि होला ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी