
एमाओवादीका केही नेताले एमालेलाई समर्थन गर्ने पार्टी निर्णयको बिरोध गर्दै विज्ञप्ती निकालेपछि शनिबार दिउँसो नै यसको संकेत देखिसकेको थियो । विज्ञप्तीमा नाम भएका नेतामध्ये प्रभु साहले पार्टीको निर्देशन अनुसार अोलीलाई नै मत दिने बताए पनि अरुले केहि बोलेका छैनन् ।
आफ्नो पार्टीले प्रधानमन्त्रीको उम्मेदवारी दिएकोमा असन्तुष्ट जनाउनेमध्येका एक कांग्रेस सांसदले उज्यालो अनलाइनलाई दिएको जानकारी अनुसार आफ्नो पक्षमा बहुमत जुटाउन कोइराला रातारात सक्रिय हुनु भएको छ । एमाओवादीका ३५ सांसदले कोइरालालाई मतदान गर्ने सम्भावना रहेकाे नाम उल्लेख गर्न नचाहने ती नेताले दावी गरे । यस्तै मधेसी दलका ५४, राप्रपाका १२ र अरु केही साना दल तथा स्वतन्त्र सांसदको समेत जोड्दा कोइरालाको पक्षमा ३१५ भन्दा बढी मत पुग्ने उनले बताए ।
रातारातको सक्रियताले जुटेको यो हरहिसाब यताउता भएन भने आइतबार ओलीलाई जिल्याउँदै कोइराला फेरि प्रधानमन्त्रीमा निर्वाचित हुनुहुनेछ । पार्टी निर्णय विपरीत एमाओवादीका केही सांसद कोइरालाको पक्षमा उभिंदा प्रचण्ड पनि अप्ठेरोमा पर्नुहुनेछ । आफ्नो पार्टीका उम्मेदवार प्रधानमन्त्री भएको अवस्थामा कांग्रेसका धेरै नेता पनि खुशी हुने छैनन् ।’ हाम्रो पार्टीले जितेपनि मुलुकले हार्छ’, कांग्रेस सांसद रामहरि खतिवडाले भन्नुभयो, ‘संसदमा हाम्रो पार्टी ठूलो दल भएपनि योबेला सहमतिको आधारमा अघि बढ्नुपर्ने हो ।’
आफ्नै पार्टीका धेरै नेताले असन्तुष्टि जनाएपनि कोइराला जसरी पनि प्रधानमन्त्री बन्ने चाहनामा हुनुहुन्छ । भारतकै चाहनामा यो भैरहेको स्वयं कांग्रेस नेताहरु नै भन्छन् । कोइरालाको सक्रियता बुझेपनि एमाले नेताहरु राजनीतिक बेइमानी भएन भने आफ्नै जित सुनिश्चित रहेको बताउँछन् । संसदमा एमालेको १८३, एमाओवादीको ८३, राप्रपा नेपालको २५ सांसद रहेका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको १२, नेकपा९माले० को ५, राष्ट्रिय जनमोर्चाको ३, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकको २, बहुजन शक्ति पार्टीको १, नेपाली जनता दलको १ सांसद छन् । यसरी हेर्दा समर्थन गर्ने पार्टीका सबै सांसदले मत दिंदा अध्यक्ष ओलीको पक्षमा ३१५ सांसद् रहेको देखिन्छ । तर एमाओवादीका ३५ र राप्रपाका १२ सांसदलाई आफुतिर तान्ने कोइरालाले प्रयास गरिरहनुभएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले पार्टीको संसदीय दलको बैठकमा राष्ट्रिय एकतालाई खलल पार्न खोज्नेलाई मतदान नगर्न र ओलीलाई एक ढिक्का भएर मतदान गर्न आग्रह त गर्नुभएको छ । तर कांग्रेस नेताहरुको कुरा सुन्दा लाग्छ, प्रचण्डको यो आग्रह र निर्देशनले काम गर्ला जस्तो देखिन्न ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्