कैलाली, भजनी–त्रिशक्ति नगरपालिका दुधुवामा २६ असोजमा एक नेपाली युवकलाई धाकधम्की दिनुका साथै एसएसबीले दुव्र्यवहार गरेका छन् । सीमावर्ती भारतीय बजार तिकुनियाबाट डिजेल लिएर फर्कदै गरेका भजनी–त्रिशक्ति नगरपालिका–७ गोदामटोलका गोविन्द कडायतलाई हातपात गरेका हुन् ।
एसएबीका दुई जवानले गोविन्दलाई नेपाली भूमिमा पुगेर रोकेका थिए । सीमा स्तम्भ निरीक्षण गर्न आएको भनिएका एसएबीहरूले ‘कहाँसे डिजेल ल्याए हो । ओ जगा दिखाओ किसने दिया’ भन्दै उनलाई भारत लग्न खोजे । एसएसबीको टोलीले उनलाई जवरजस्ती भारत लग्न खोजेपछि जान्न भन्दा आफूलाई कुटेको गोविन्दले बताए । नेपालीलाई एसएबीले पक्राउ गरेको हुन सक्ने भन्दै गाउँलेहरू एसएसबीका प्रतिकारमा उत्रिएपछि एसएसबीका दुई जना भागेको थिए । एसएसबीले आफूलाई कुटेपछि प्रतिकारमा थप्पड हिर्काएको गोविन्दले बताए । सो घटना भएको स्थान थियो, भजनी–त्रिशक्ति नगरपालिका ३ दुधुवाफाटा । पिल्लर नम्बर ११५ । पिल्लरदेखि करिव २ सय मिटर नेपाली भूमिमा एसएबी रहेका थिए ।
नेपालमा पेट्रोलियम पदार्थको अभाव भइरहेका बेला यहाँका सीमाक्षेत्रका नेपालीहरूले यसैगरी भारतीय बजारबाट पेट्रोलिय पदार्थ ल्याउने गरेका छन । एसएसबीले अवैध सामग्री नियन्त्रण भन्दा पनि नेपालीहरूमाथि दुव्र्यहार गर्न नियतबस यस्तो काम गर्न खाजेको देखिन्छ ।
एसएबीले पनि अवैध रुपमा भारतीय बजारबाटै पेट्रोलिय पदार्थ निर्यात हुन नदिनु पर्ने । डिजेल ल्याएर आउँदै
घटना त्यतिकैमा सीमित रहने । आफूहरूमाथि आक्रमण भएको भन्दै एसएबीले पृथ्वीपुरस्थित सीमा प्रहरी चौकीलाई उजुरी दियो । सीमा प्रहरीले भजनीस्थित ईलाका प्रहरी कार्यालयका इञ्चार्ज, प्रहरी निरीक्षक भरत शाहलाई जानकारी गरायो । उनकै निर्देशनमा कडायत पक्राउ परेको स्थानीयको आरोप छ । डिजेल दिने मान्छे चिना भन्ने निहूँमा भारत लग्न खोजेको एसएसबी त्यसमा असफल भएपनि नेपाल प्रहरीमार्फत आक्रमण गरेको अभियोगमा पक्राउ गर्न लगायो ।
भारतको हस्तक्षेपकारी भूमिकाप्रति आजित भएका र राष्ट्रियताबारे मुलुकमा सरगर्मी भइरहेका बेला भजनीबासीले एसएसबीको ज्यादती बन्द गरिनुपर्ने माग गरे । त्यति मात्र होइन उनीहरुले ईप्रका इञ्चार्ज भरत शाहविरुद्ध पनि नाराबाजी गरेका थिए ।
इप्रका भजनीको नियन्त्रणमा रहेका कडायतको रिहाईको मागसहित आन्दोलन भएपछि स्थानीय राजनीतिक दल, प्रहरी र एसएसबीको संयुक्त रोहबरमा छोडिएको थियो । कठायतले माफि मागेका थिए ।
पछिल्लो समयमा नेपालमा बनेको संविधानमा असन्तुष्ट रहेको भारतले सीमा क्षेत्रमा आवतजावत गर्नेहरूले दुव्र्यहार खेप्दै आएका छन, यस क्षेत्रका नेपाली ।

गरेकालाई भारतीय भूमिमा रोकेर किन बरामद गरेनन ? नेपाली भूमिबाट किन भारत लग्न खोजे ‘डिजल दिने मान्छे कोहो चिना’ भन्ने निहुँमा । नेपाली भूमिमा अवैध रुपमा भित्रिएको सामग्री नेपाल प्रहरीले नियन्त्रण गर्नु पर्ने होइन र ?