६ महिना अघि घर छोडेर पराई घर गएकी छोरीले सदाका लागी यो संसार छोडेको खबर पाएपछि शोकमा डुवेको ललितपुर ठुला दुर्लुङका तिमल्सीना परिवार अहिले छोरीले न्याय पनि नपाउने देखेपछि झन पिडित बनेका छन् ।
ललितपुरको ठुला दुर्लुङ गाविस ८ की १९ बर्षिया सरीता तिमिल्सीना (घिमिरे) सोही स्थानका उपेन्द्र घिमिरेसँग ६ महिना अघि मात्रै बिवाह बन्धनमा बाधिएकी थिईन् । घरबाट स्कुल जान्छु भनेर हिडेकी उनी उपेन्द्रसँग भागेर बिबाह गरेको परिवारले छोरी घर नफर्किए पछि खोजी गर्दा मात्रै थाहा पायो ।
सरीताका दाजु विश्वराम तिमल्सिना भन्छन ,“ ९ कक्षामा पढ्दा पढ्दै भागेर छोरीले बिबाह गरेपछि धेरै दिन बाबुआमाले राम्रोसँग खाना समेत खाएनन् । पछि भने अवस्था सामान्य बन्यो । जब छोरी कक्षा ९ पढ्दै गर्दा बिहे गर्न पुगिन सरीताप्रति सोचेका सबै सपना तुहिन पुगे बुवा भिमप्रसाद तिमील्सीनाका । विवाह पछि छोरीको जीवन सफल र सुखी होस् भन्ने कामना गर्ने तिमल्सिना परिवार अहिले छोरीको न्यायका लागि भौतारिदै हिडिरहनु परेको छ ।
छोरीलाई नर्स पढाउने ठुला सपना बुनेका रहेछन भिमप्रसादले त्यो सपना त पुरा हुन सकेन अर्को सपना पनि अधुरौ नै रह्यो । बिहे पछि छोरीसंग भेट नगरेका उनले यसपालीको दशैमा छोरी ज्वाईलाई टिकाटालो गर्ने सोचका रहेछन ।
तर बिबाह भएको ६ महिना भित्रै छोरीलाई सदाका लागी गुमाएको तिमल्सीना परिवार यतिबेला छोरीको हत्या भएको भन्दै हत्यारालाई कार्वाहिको माग गर्दै न्यायको ढोका ढकढक्याउन पुगेका छन् ।
घटनाको प्रकृति र सरीताको अवस्था हेर्दा हत्या भएको सहजै अनुमान लगाउन सकिने भन्दै माईती पक्षले चापागाउँ स्थित प्रहरी बृत्तमा उजुरी दिन गयो तर प्रहरीले किटानी जाहेरी आएको भन्दै पोष्ठमार्टम रिपोर्ट बिना जाहेरी दर्ता गर्न नमिल्ने भन्दै फकाई दियो ।
घटनाको प्रकृति यस्तोे थियो ।
सरीता गत असोज १७ गते आईतबार बिहान झुन्डिएको अवस्थामा फेला परिन् । घटना थाहा पाएलगत्तै उनका दाजु विश्वराज लगायत माईती पक्ष घटनास्थल पुगेको थियो । त्यस बेला उनी झुण्डिएको स्थान छहारी जस्तो बनेको झाडि जहा तेर्सिएको रुखको हागा ,अलिकत भिरालो जस्तो छ । त्यहि तेर्सिएर आएको हाकामा उनी झुण्डिएको अवस्थामा मृत फेला परिन ।
बिहानको समय भएकोले घाम समेत राम्रो सँग सो ठाउमा परेको थिएन । दाजु विश्वराज भन्छन् , उनी बसे जस्तो अवस्थामा थिईन । घाटिमा दुई वटा डोरीको डोब छ । एउटा तत्काल झुण्डिएको डोरी र अर्को पनि त्यस्तै रेटिएको डोब सबैले प्रश्ट देख्न सक्ने गरि थियो । त्यति मात्र नभएर उनका खुट्टाको छाला पुरै फुटेर चिरिएको ,तातोपानीले पोलेको जस्ता फोकाहरु ,निल डाम ,घाउ पनि देखिन्छ ।
झुण्डिएर आत्माहत्या गर्दा मडारिएजस्तो छैन सो ठाँउ । प्रत्यक्षदर्शी भन्छन् सिधै लगेर मान्छे राखेजस्तो छ । कहि केहि भएको छैन । उनको शव देख्ने सबैले आत्महत्या नभएर हत्या भएको हो भन्ने गरेका छन् । प्रहरीले सो प्रकृति हेरेपछि उनका ससुरा बुवा कृष्ण प्रसाद घिमिरे र (श्रीमान) उपेन्द्र लाई पक्राउ गरेर लग्यो । तर भोलीपल्ट नै बाबुलाई दोषि नदेखिएको भन्दै रिहा गर्यो ।
सरिताको मृत्युको खबर आउनु करिब एक घण्टा अघि मात्र दाई विश्वरामको मोवाईलमा बहिनीको फोन आएको थियो । उनले उठाए तर उताबाट दाई भन्ने बित्तिकै फोन काटियो । यो दाई शब्द नै बिश्बराजका लागि बहिनीको अन्तिम चिनो बोली हुन पुग्यो ।
उनी भन्छन् ,यस्तो घटना घट्ला भन्ने मनमा सोचेको थिईन । सायद केहि काम थियो होला । पछि गरिहाल्छे नी भन्ने भयो र मैले पनि गरिन तर पछि यस्तो घटना घटेछ । हामीले भेट्दा सरिताको बाबु पनि बोल्न सक्ने अबस्थामा थिएनन् ।
आखाभरी आशुँ ल्याइ भक्कानिएर भने कस्तो अभाग्यी बुवा बर्षौसम्म काखमा हुर्काएकी छोरीलाई टिकाटालो गर्न पनि पाइन । घर दुइ घण्टाको फरकमा भएपनि ६ महिनासम्म बुवाछोरीको भेट भएको रहेन छ ।
माईती पक्ष भन्छ हत्या गरियो ।
४ महिनाकी गर्भवती समेत रहेकी बालुवाडाँडाकी सरिता तिमल्सिना (घिमिरे) को आत्महत्या नभइ हत्या भएको आशंका उनका माइती पक्ष र सरोकारवालाहरुको छ । अस्पतालले दिएको पोष्टमर्टमको रिपोर्टमा सत्यता नभएको उनीहरु बताउछ‘न् ।
माइती पक्षले गरेको दावी अनुसार मृतक सरितालाई तातो पानी खन्याएर हत्या गरी रुखमा लगेर झुण्ड्याइएको हो भन्ने छ । मृतकको शरिर भरी निलडाम रहेको तस्वीरहरु समेत उनीहरुले रेकर्डमा देखाएका छन् ।
कक्षा ९ मा पढ्दै गरेकी सरिता तिमल्सिनासंग ७ महिना अघि उपेन्द्र घिमिरेले आफूखुशी विवाह गरेका थिए । १९ वर्षीया तिमल्सिनालाई आईतवार घर नजिकै पाखामा रुखमा झुण्ड्याइएको अवस्थामा फेला पारिएको थियो ।
मृतकका दाजु विश्वराज आफ्नी बहिनीको हत्या भएको दाबी गर्छन । ‘बहिनीको शरीर भरी पोलेको फोकाहरू छन, छाला पुरै खुइलिएको छ । मृतकको घाँटीमा पनि एउटा डोरीको निसाना पहिले नै थियो र पछि झुन्डिएको डोरीको निसाना अर्कै छ’ विश्वराजले भने । ‘एउटा डोरीले पासो लाएको भए दुई ओटाको निशाना कसरी आयो ?’ घाम नै राम्रोसँग लागेको थिएन कसरी घामले खुट्टाको छाला पुरै फुट्यो , फोका उठ्यो ? उनी भन्छन ।
उनले बहिनीको आधा शरीर भुईमा लत्रिएको भन्दै बसेर घाँटीमा डोरी लगाएजस्तो देखिएको बताईन् । यी नै आधारहरुले बहिनीले आत्महत्या गरेका भनेर पत्याउन नसकिने उनको भनाइ छ ।
डाक्टरले पनि प्रहरीको मुचुल्काको फोटोकपी, घट्नास्थलको फोटो अनि बहिनीको मोवाइलमा गएको म्यासेज मागेको उनले बताए । साथै छोरीको हत्या भएको र अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याईदिन आग्रह गर्दै प्रहरीमा जाहेरी दिन जॉदा मृतकका बाबुलाई बृत्तका डिएसपि गोविन्द कुमार आचार्यले धकेलेर बाहिर पठाएको पनि आफन्तले बताएका छन् ।
पोष्टमार्टम रिपोर्टले के भन्छ ?
पोष्टमार्टम रिपोर्टमा आत्महत्या गरेको उल्लेख छ । उनका शरिरमा भएको फोका घाउहरु घामले भएको भन्ने छ । रिपोर्टमा टिचिङमा कार्यरत डा हरिहर वस्तीको हस्ताक्षर छ । मृतकको शव सुरुमा पाटन अस्पतामा लगिएको र त्यहाबाट पोष्टमार्टमका लागी गत १८ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लगिएको थियो ।
पोटमार्टमका लागी शव लैजादा माईतीपक्षले परिवारका मान्छेको खोजी गर्यो । प्रहरी हिरासतमा भएका सरीताका श्रीमानलाई प्रहरीले हामी आफै लैजान्छौ पाटनमा भेट हुन्छ तपाईहरु जानुस् भन्यो ।
पछि पाटन अस्पतालमा पनि नदेखेपछि उनीहरुलाई सिधै टिचिङ लगियो तपाईहरु शवसँग आउनुहोस् भनेर जबरजस्ती माईती पक्षकालाई शव बाहनमा राखेर टिचिङ पुर्याईयो । टिचिङमा साढे पाँच घण्टा पछि मात्र उनीहरुलाई प्रहरीले ल्यायो । त्यति लामो समय उनीहरुलाई कहाँ लगीयो । त्यो पनि शंकास्पद छ ।
पछि पोष्टमार्टमका लागी शव लगियो । जव रिपोर्ट आयो माईती पक्ष छागाबाट खसे झै भए । रिपोर्टमा त आत्महत्या गरेको भनेर लेखिएको रहेछ । शरिरको निल डाम पनि ,फोका र घाउ पनि घामले भएको भनिएको छ । शव लैजाने बित्तिकै डाक्टरले यो त हत्या नै हो भनेको तर पछि कुरा फेरेर आत्महत्या भनेर रिपोर्ट बताएको मृतकका दाजुको भनाई छ ।
डाक्टरले बोलेको आफुहरुले रेकर्ड गरेर राखेको पनि उनी बताउ‘छन् । बाउले जे बोल्यो त्यही हो भन्छन् पति उपेन्द्र पहिला लभ गरेर बिबाह गरी भित्र्याएकी आफ्नी श्रीमतीको मृत्यु बारे सोध्दा आफ्नो बाउले जे भन्छ मेरो त्यही हो भन्दै पन्छिने गरेको छिमेकीहरुले बताएका छन् ।
प्रहरी यसो भन्छ ।
सरीताको घटनालाई लिएर चापागाउ प्रहरी बृत्तमा बुझदा प्रहरी भने उनका माईती पक्षले किटानी जाहेरी दिएका कारण दर्ता नगरेको बताउ‘छ । बृत्तका इन्सपेक्टर सागर विक्रम राणाले माईती पक्षले ज्वाई उपेन्द्र र उनका बाबुको नाम नै किटान गरेको कारण दर्ता नगरेको बताए ।
प्रहरीले किटानी जाहेरी दिएपछि दर्ता गर्दिन भन्न मिल्दैन होला हैन र ? भन्ने प्रश्नमा उनले अकमकाउदै भने नामै किटान गरेर दिएको थियो त्यै भएर हो । तर यो सबै घटना भने डिएसपि सरलाई नै सोध्नपर्छ । राणासँग कुरा गर्नु अघि हामीले सई जगदिस खड्कासँग कुरा गर्यौ ।
उनले भने मृतक सरीताको ससुराले झुण्डीएर आत्महत्या गरेको भनेर जाहेरी दिएको र त्यहि जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएका छौ ।
उनले भने ससुराको जाहेरीको आधारमा हामीले यो घटनाको बिषयमा अनुसन्धान सुरु गरेका छौ । पोस्टमार्टम रिपोर्टमा पनि आत्महत्या नै भनिएको छ । माइती पक्षको जाहेरी किन दर्ता भएन त भन्ने प्रश्नमा भने अकमकाउदै पोस्टमार्टम रिपोर्ट नआएसम्म दर्ता गर्न मिल्दैन भनेर फर्काईएको भन्दै सबै कुराहरु भने डिएसपि आचार्यलाई नै बुझ्नपर्ने बताए ।
बृत्तका डिएसपि गोविन्द कुमार आर्चायसँग कुरा गर्न खोज्दा उनी भने (आईतवार) देखि नै बिदामा बसेकाले सम्भव नहुने जानकारी आयो । प्रहरीले माईती पक्षको जाहेरी दर्ता गर्न नमान्नु ,ससुराले दिएको जाहेरी दर्ता गरी आत्महत्या गरेको हो भनेर त्यसैमा अनुसन्धान गर्दै छौ भन्नु ,घटनाको बिषयमा खुलेर बताउन नमान्नुले पनि सरिताको मृत्यु रहस्यमय बन्न पुगेको छ ।
पीडित परिवारको माग राज्यले सुनेर अनुसन्धान गरी यो हत्या भए आवस्यक कार्बाही गर्नु पर्ने देखिन्छ । राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीले पत्र पठाएर प्रहरीलाई घटनाको अनुसन्धान गर्न लगाउने बताएकी छन




