Skip to content
LAXMI SUNRISE BANK

कति माग्यो निगमले भारतसँग क्षतिपूर्ति

अर्थ सरोकार

  पेट्रोलियम पदार्थ आयात १५ दिनदेखि ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई क्षतिपूर्ति दाबी गरेको छ । नागरिक दैनिकमा समाचार छ ।

एनओसी र आइओसीबीच भएको ब्यापारिक सम्झौता (बिटुबी) सम्झौता अनुसार क्षतिपूर्ति भर्न निगमले पत्र लेखेको हो ।

सम्झौतामा एनओसीले माग गरेअनुसार तेल आइओसीले उपलब्ध नगराए क्षतिपूर्ति दाबी गर्न सक्ने छ । सोही सम्झौतामाथि टेकेर निगमले आइओसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कडा पत्र लेखेको हो ।

बिटूबी सम्झौतामा दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ । तर, आइओसीले सम्झौताको उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK