Skip to content
LAXMI SUNRISE BANK

भाजपा भन्छ, ‘भारतविरुद्ध झुठो प्रचार गर्ने, मोदीको पुत्ला जलाउने, हामीसँगै तेल माग्ने ?’

अर्थ सरोकार

सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख विजय जोलीले भारतविरुद्ध नेपालमा झुठो प्रचारवाजी गरेर प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ल जलाएको आरोप लगाएका छन् ।

पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान कुरा गर्दै भाजपा नेता जोलीले नेपालमा नरेन्द्र मोदीको पुत्ला जलाएर भारतविरुद्ध प्रचारवाजी गरेको भन्दै नेपालीहरूसँग आक्रोश व्यक्त गरे । ‘हाम्रा प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने ।

भारतविरुद्ध प्रदर्शन गर्ने’, उनले भने, ‘अनि हामीलाई नाकाबन्दी गर्‍यो भन्ने ? झठ्ठा प्रचार गर्ने । अनि हामीसँगै सबै माग्ने । यो कार्य हामीलाई सैह्य छैन ।’

‘नेपालमा भूकम्प आउँदा सबैभन्दा पहिला भारतले सहयोग गर्‍यो । नरेन्द्र मोदीले नेपाललाई दश हजार करोड ऋण दिएका छन् । नेपालमा रोकिएका संरचना बनाउन सहयोग गर्‍यौँ’, भाजपा नेता जोलीले आक्रोशित हुँदै भने, ‘यति धेरै सहयोग गर्दा पनि मोदी र भारतविरुद्ध नेपालमा झुठो प्रचार गर्ने ? यो सब बन्द गर्नुस् ।’

उनले यति धेरै सहयोग गर्दा पनि नेपालीले भारतविरुद्ध प्रदर्शन गरेको भन्दै आफ्ना प्रधानमन्त्री मोदीको पुत्ला नजलाउन चेतावनी दिएका छन् । उनले नेपालमा आफूहरूले नाकाबन्दी नगरेको भन्दै मधेसका नेपालीहरूले नाकाबन्दी गरेको बताए ।

‘पहिला मोदीको पुत्ला जलाउने कार्य बन्द गर्नु पर्‍यो’, उनले भने, ‘नेपालीहरू गुराहमा बसेर नेपाल र भारतबीचको ‘रोटीबेटी’को सम्बन्ध विगार्न केही तत्व लागेका छन् ।’

‘भारतका नरेन्द्र मोदी नेपालमा विकास र सुःख शान्ति चाहन्छन्’, जोलीले भने, ‘पुत्ला जलाउँने हो भने नेपाल र भारतको सम्बन्ध सुध्रिदैन । राम्रो हुँदैन ।’
विजय जोली

विजय जोली

भारतले नेपालको संविधानको विरोध नगरेको दावी गरेका भाजपा वरिष्ठ नेता जोलीले भने, ‘मधेसी नेपालीहरूको माग सम्बोधन गर । आमसहमतिमा संविधान बन्नुपर्छ भन्दा किन भारतको विरोध ?’

उनले मधेसी मुलुका नेपालीहरूको अधिकारको आन्दोलनमा आफूहरूको साथ र समर्थन रहेको बताए । ‘पहाडी नेपालीको जति अधिकार छ, त्यति अधिकार मधेसी नेपालीको पनि छ’, उनले भने, ‘चालीस जना मधेसी नेपालीको मृत्यु हुँदा नेपाली शासकहरू चुपलागेर बसेका छन् । उनीहरूलाई सँगै लगेर जाउभन्दा एन्टीभारत भइहाल्ने ? सामाजिक सञ्जालमा भारत विरोधी गतिविधि गर्ने ?’

आफू अनुकुल हुँदा भारतको समर्थन लिने नेपाली नेताहरूले अहिले आफू अनुकुल नहुँदा भारतको विरोधी गरेको भाजपा नेता जोलीको भनाइ थियो । उनले नेपालको नयाँ प्रधानमन्त्री पनि आमहसमतिका आधारमा हुनुपर्ने बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK