×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अत्तर जस्तो’ भन्दै भारतको तेल नेपाल आयल निगम द्वारा बहिस्कार

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘अत्तर जस्तो’ भन्दै भारतको तेल नेपाल आयल निगम द्वारा बहिस्कार

१७ आश्विन २०७२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अघोषित नाकाबन्दी खोलेको दाबी गरेको भारतले ‘अत्तर जसरी तेल दिने’ बताएपछि नेपाल आयल निगमले बहिस्कार गर्ने निर्णय गरेको छ ।
झण्डै दुईसाताको नाकाबन्दीले देशभरको जनजीवन कष्टकर बनेका बेला नाकाबन्दी खुलेको खबर आएपछि आइतबारै आयल निगमका ११० ट्यांकर इण्डियन आयल कर्पोरेसन आईओसीको डिपोहरुमा पुगेका थिए । तर, भारतले १२ घण्टा नबित्दै कुरा फेर्‍यो र नेपालको मागको १० प्रति
शत मात्र तेल दिने बतायो ।
नाकाबन्दी खोलेको प्रचार गरेर भारतले झुक्याएपछि निगमले तेल बहिस्कारको निर्णय लिएको छ । ‘१ सय १० ट्याकंर पठाउँदा १० वटा पनि नभर्ने भनेपछि किन तेल भरेर लाचार बन्ने ?’ आयल निगमका एक अधिकारीले आक्रोश पोख्दै अनलाइनखबरसँग भने-‘तेल अत्तरजसरी जिउमा लगाउनका लागि ल्याउने होइन, त्यति तेल भरेर ‘तेल दिएका छौं’ भन्न खोजिएको हो भने हामीले किन भर्ने ?’
शनिबार साँझ भारतको विदेश मन्त्रालयले निर्देशन दिएको भन्दै आईओसीले नेपाललाई माग बमोजिम तेल दिने भन्दै आयल निगमलाई खबर गरेको थियो ।
दिल्लीमा रहेका नेपाली राजदूत दीपकुमार उपाध्ययले पनि आघोषित नाकाबन्दी खोलेको खबर गरेका थिए भने भारतीय राजदूत रणजीत रायले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर आपूर्ति सहज हुने बि्रफिङ गरेका थिए ।
तर, त्यसको केही घण्टापछि आईओसीले तेल लिन रक्सौल, सिलगुढी र इलाहवादको डीपोमा बोलाएको थियो । आइतबार बिहानै नेपाली ट्यांकरहरु डिपोमा पुग्दा त्यहाँ पुगेका ट्यांकरहरु मध्ये १० प्रतिशतलाई मात्र तेल दिने बताएपछि भारतले झुक्याएको भेद खुलेको हो ।
आयल निगमले वीरगञ्ज पारिको रक्सौल डिपोमा ६३, काँकडभिट्टा पारिको सिलगुढी डिपोमा ४० र कैलालीपारीको इलाहवादमा ६ वटा ट्यांकरलाई तेल भर्न पठाएको थियो । तर, बिहान आइओसीका अधिकारीले १० प्रतिशत ट्यांकरमाम मात्र लोड दिने बताएको आयल निगमले जनाएको छ ।
 अनलाइन खबरबाट साभार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: