Skip to content
LAXMI SUNRISE BANK

यी हुन् नाकाबन्दीका बेला भारतको नाङ्गो दलाली गर्ने तीन मन्त्री

अर्थ सरोकार

भारतको नाकाबन्दीका कारण जनताले सास्ती खेपिरहेका बेला सरकारका मन्त्री भने भारतले नाकाबन्दी नै नगरेको अभिव्यक्ति दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत भएका छन् ।

भारतले एक सातादेखि लगाएको नाकाबन्दी खुलाउन र वैकल्पिक व्यवस्था गर्न रातदिन खट्नुपर्नेमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री विमलेन्द्र निधि, सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजाल र वाणिज्य तथा आपूर्तिमन्त्री सुनील थापा भारतकै पक्षमा महत्वपूर्ण निर्णय गराउन लागिपरेका छन् ।

सञ्चारमन्त्री रिजालले भारतीय च्यानल बन्द गर्ने नेपालका केबुल टिभी अपरेटरहरुलाई मन्त्रालयमार्फत २४ घन्टे स्पष्टीकरण सोध्न लगाएका छन् ।

त्यस्तै, चीनसँग जोडिएका नाका खुलाउनुको सट्टा मन्त्री निधि भने काठमाण्डु–तराई फास्ट ट्र्याक निर्माणको काम विवादित भारतीय कम्पनीलाई दिने फाइल मन्त्रिपरिषदबाट स्वीकृत गराउन लागिपरेका छन् ।

त्यसैगरी नाकाबन्दी आपूर्तिमा अग्रसरता लिनुपर्ने वाणिज्यमन्त्री थापा पनि भारतको विकल्प अन्य हुन सक्दैन भन्दै आनाकानी गरिरेका छन् ।

केही दिनअघि प्रधानमन्त्रीसँगको छलफलमा समेत ती मन्त्रीले भारतको विकल्प अरु देश नहुने र विकल्प खोज्दा भारत चिढिने भन्दै भारतलाई नै मनाएर आपूर्ति सहज गराउनुपर्ने तर्क गरेका थिए ।
नागरिक दैनिकबाट

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK