Skip to content
LAXMI SUNRISE BANK

चीनको नाका खुल्ने हल्लापछि राजनाथ सिंहले गरे प्रधानमन्त्री कोइरालालाई फोन

अर्थ सरोकार

भारतीय गृहमन्त्री राजनाथ सिंहले प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर आन्दोलनरत मधेसी दलसँग वार्ताका लागि आग्रह गरेका छन्। उनले आन्दोलनरत दलका नेतालाई पनि संवादका लागि आग्रह गर्ने प्रधामन्त्रीलाई बताएको स्रोतलाई उदृत गर्दै डिएनए इन्डियाले जनाएको छ।

नेपालको उत्तरी छिमेकी देश चीनसँग बन्द रहेको नाका खुल्नै लाग्दा गृहमन्त्री सिंहले फोन गरेका हुन्। उनले नेपालका दुई नेतासँग कुराकानी गर्दै संवादका लागि जुट्न भनेका थिए। तर अर्का नेता को हुन खुलाइएको छैन। राजनाथले भारत र नेपाल दुवै अशल मित्र रहेको दोहोर्‍याउँदै यो मित्रता जारी रहने जनाएका थिए। भारतले गरेको अवरोधका कारण नेपालको जनजीवन पूरै प्रभावित भएको छ।

इन्धन दिन नसकेपछि सरकारले निजी सवारी साधनमा लागू गरेको जोरबिजोर प्रणालीसमेत खारेज गरेको छ। इन्धन अभावका कारण अस्पतालसमेत प्रभावित भएको छन् भने अन्तर्राष्ट्रिय उडानबाट कार्गोको ठाउँमा इन्धन ल्याउन भनिएको छ।

हिजोदेखि केही सीमामा खुला भएको भए पनि इन्धन अभावका कारण जनजीवन सुधार हुने स्थिति बनिसकेको छैन। भारतबाट नेपाल आउने प्रमुख नाका वीरगञ्जमा १० किलोमिटर दुरीमा ट्रकहरु नेपाल छिर्ने प्रतीक्षामा रोकिएका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK