
राजधानको अन्नपूर्ण होटलमा शुक्रबार निजी क्षेत्रका अगुवा तथा प्रतिनिधिसँगको छलफलमा भट्टराईले भने, ‘संविधान बनेकोले अब आर्थिक विकासमा केन्द्रित हुनुपर्छ । मैले आफ्नो भूमिकालाई त्यही एजेन्डामा केन्द्रित गर्नका लागि एमाओवादी छाडेको हुँ।’
भट्टराईले पुरानो ढर्रा र ढाँचाको राजनीतिक अभ्यास र संरचनाबाट अब आर्थिक विकास संभव नभएको बताउँदै भने, ‘मैले आफ्नो भूमिकालाई त्यही रुपमा रुपान्तरण गर्न खोजेको छु । के गर्न सकिन्छ भनेर साथीहरुसँग छलफल गर्दैछु । उनले पुरानै शैलीको पार्टी राजनीतिमा आफू नफर्किने उनले बताए ।
उनले तराई मधेसको असन्तुष्टी र आन्दोलन आन्तरिक समस्या भएकोले यसलाई सम्वादबाट आन्तरिक रुपमा समाधान खोजिनुपर्ने बताउँदै भने, ‘यो आन्तरिक मामिला हो । यसलाई हामीले नै हल गर्नुपर्छ । संविधान संशोधन गरेर भए पनि मधेसी र थारुलगायतका समुदायको माग र मुद्दालाई सम्बोधन गर्नुपर्छ ।’
संविधान बनेकोमा आफू खुसी र सन्तुष्ट रहेको बताउँदै भने, ‘मैले संविधान ल्याउनका लागि भूमिका निर्वाह गरे । म किन खुसी र सन्तुष्ट नहुने ?उनले संविधान जलाउनेप्रति आफ्नो कुनै समर्थन र सद्भाव नरहेको बताए।
शितयुद्धकालीन राष्ट्रवादको परम्परागत परिभाषा बदल्नुपर्ने र राष्ट्रवादलाई पुनपरिभाषित गर्नुपर्ने बताउँदै भने, ‘राष्ट्रवाद कसैको निधारमा लेखिदैन । उसको व्यवहार र भूमिकाले देखिने हो । कोही राष्ट्रघाती प्रमाणित भए कारबाही गर्नुपर्छ, हल्ला गरेर राष्ट्रवाद बलियो हुँदैन ।’
उनले पार्टी छोडे पनि एमाओवादीसँग आर्थिक विकासलगायतका केही एजेन्डामा सहकार्य हुनसक्ने बताउँदै भने, ‘प्रचण्डजीसँग आजै पनि मेरो टेलिफोनमा कुराकानी भएको छ। हामी आर्थिक विकासका एजेन्डामा सहकार्य गर्नसक्छौं ।’
उनले नाकामा देखिएको अवरोध तथा भारतले लगाएको अघोषित नाकाबन्दीको समस्यालाई कुटनीतिक तवरबाट समाधान खोजिनुपर्ने बताउँदै भने, ‘उग्र कुरा गरेर समाधान निस्कदैन। कुटनीतिक तहमा सम्वाद गरेर समाधान खोजिनुपर्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्