
प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा नयाँ सरकार गठनका लागि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वार छानेको छ। अहिले केहीबेर अघि तीन शीर्ष नेताबीच भएको छलफलमा कोइरालालाई उम्मेद्वार बनाउने सहमति भएको नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले बताए।
प्रधानमन्त्रीको उम्मेद्वारी चयनका लागि सहमति जुटाउन नेपाली कांग्रेसका तीन शीर्ष नेताहरूको बैठक बसेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलबीच प्रधानमन्त्रीमा सुशील कोइरालालाई नै उम्मेद्वार बनाउने निर्णय भएको हो। जसका लागि शेरबहादुर देउवाले समर्थन गरेका थिए।
नयाँ प्रधानमन्त्रीका लागि संसदमा शनिबार बिहान १० देखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ। तीनै नेता प्रधानमन्त्री उम्मेदवारका प्रत्याशी भएपनि पछिल्लो समयमा आएर कोइरालालई देउवाले समर्थन गरेका हुन्।
बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका निम्ति संसद्मा आइतबार ११ बजे निर्वाचन हुँदैछ।
निर्वाचन कार्यक्रमअनुसार शनिबार साढे ४ बजे उम्मेदवारको दर्ता क्रमअनुसार नामावली प्रकाशित गर्ने र आइतबार बिहान ११ बजेको बैठकमा ती प्रस्ताव निर्णयार्थ पेस हुनेछ। राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न दिइएको समय सकिएपछि शुक्रबार राष्ट्रपति रामवरण यादवले संविधानको धारा २९८ (३) अनुसार बहुमतका आधारमा प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका–संसद्लाई आह्वान गरेका हुन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्