
काठमाडौं : काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
बिहीबार दिउँसो १ बजेर ४ मिनेटमा दुई पटक भूकम्पको धक्का महुसस भएको हो । भूकम्पले काठमाडौं उपत्यकाको केही क्षेत्रमा घरसमेत हल्लाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ललितपुरको लेले नजिकै केन्द्रबिन्दु भएको ४ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि बुधबार अपरान्ह ५ बजेर १५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएको ४.२ म्याग्निच्यूडको धक्का महसुस भएको थियो ।
वैशाख १२ को शक्तिशाली भूकम्पछि हालसम्म ४ म्याग्निच्यूडमाथिका करिब ४ वटा परकम्प गइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्