नेपालमा भारतसँग जोडिएका सबै नाकाहरु ठप्प छन् । भारतले गरेको अघोषित नाकाबन्दी कहिले खुलेको भनिएको छ त कहिले बन्द । यसबाटै भारतको नियत प्रष्ट भैसकेको छ । भारतीय पत्रिका द ईण्डियन एक्सप्रेसले एउटा फिचर समाचार प्रकाशित गरेको थियो । जसमा रक्सौलमा भएको एउटा घटनाको विषयमा लेखिएको छ ।रक्सौलमा एउटा क्याण्टिन चलाईरहेका भारतीय जनता पार्टीका कार्यकर्ता एवं महिमा एक्सपोर्टका संचालक महेशकुमार अग्रवालको घरमा भएको प्रसंग उल्लेख छ । उनको त्यही क्याण्टिनमा खाना खाएर नेपालमा आन्दोलनकारीहरुले नाका ठप्प पारिरहेका छन् । तीनै अग्रवाल विहारको चुनावमा आन्दोलनबार कसरी फाईदा लिन सकिन्छ सो बारे चर्चा गरिरहेका छन् । उनले दैनिक करिब ७ हजार आन्दोलनकारीलाई खाना खुवाउने गरेको बताउँछन् ।नेपालका आन्दोलनकारीसँग रोटीबटीको सम्वन्ध रहेको बताउने अग्रवालले विहारमा रहेका ४० प्रतिशत मतदाता मधेशी समुदायका रहेको बताउँदै नेपाल भारत सीमाबाट ५० किलोमिटरको फरकमा रहेका सम्बन्ध व्यापारिक मात्रै नभएर रगतको पनि भएको बताउँछन् । सम्बन्ध पनि छ,’ अग्रवाल भन्छन्, ‘बिहारका ४० प्रतिशत मतदाता मधेसी समुदायका छन् । उनै अग्रवालले नेपालको आन्दोलनमा भारतले कडा अडान लिएकोमा आफ्नौ सरकारलाई धन्यवाद दिए । उनले चीनको आडमा नेपालका पहाडीयाहरुले ब्ल्याकमेलिङ गर्ने बताउँदै मधेशीहरुलाई अगाडि बढाएर पहाडीयाहरुलाई ठेगाना लगाउने पर्ने बताउँछन् ।
अग्रवालले भारतले नाकाबन्दी गरेर नेपालको हैसियत देखाईदिएको बताउँछन् । करिब एक साताअघि सोही क्याण्टिनका खाना खाँदै थिए अहिलेका चर्चित मधेशी नेता राजेन्द्र महतो । उनै महतोले ‘भारत जे ठीक भन्छ, मधेसीका लागि त्यही ठीक हो,’ भन्दै खाना खाईरहेका थिए रक्सौल क्याण्टिनमा । उनै महतोले नेपालमा पहाडियाहरुको राष्ट्रियता भनेको भारतको विरोध गर्नु रहेको बताईरहेका थिए । उनले मधेशीहरुले मात्रै नेपालमा हुने भारतविरोधी क्रियाकलापलाई रोक्न सक्ने बताईरहेका थिए । उनले नेपालमा संविधान संशोधन गरि एक सेकेण्डमै नाकाबन्दी हट्ने बताईरहेका थिए ।
भारतले अहिलेसम्म आन्दोलनलाई साथ दिएकोमा उनी भारतसँग आभारी देखिन्थे । यो आन्दोलनमा भारतबाट सहयोग भएन र आन्दोलन कमजोर भए मधेसी आन्दोलन असफल हुने र आफुहरुको जीवन दासको जस्तो हुने बताउँथे । ‘मधेश आन्दोलन सफल हुनु भनेको भारत सफल हुनु हो’ महतोले भने ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्