
नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई फेरि पत्र काटेको छ। भारतीय आयल कर्पोरेसन मुम्बइका प्रबन्ध निर्देशकलाइ पत्र काटेर नेपाल आयल निगमले तेल नआउँदा बखतको क्षतिपूर्ति तिर्न माग गरेको छ।
पेट्रोलियम पदार्थ रोक्ने निर्णयप्रति कडा आपत्ती जनाउँदै निगमले इन्धन नआउँदा बखतको क्षतिपूर्ति तिर्न भारतीय आयल कर्पोरेसनलाइ भनेको हाे । इन्धन आपूर्ति नहुदाँ घाटा भएको र कम्पनीमाथिको आँच सर्वसाधारणबाट गुमेको निगमले पत्रमा उल्लेख गरेकाे छ ।
यसअघि निगमले इन्धन आपूर्ति सहज बनाउन पनि भारतीय आयल कर्पोरेसनलाइ पत्र काटेको थियो । इन्धन भर्न पुगेका सवारी साधन मध्ये एक दुई ट्यांकर इन्धन भरेर पठाएको भन्दै उसले आपत्ति जनाएको छ ।
आयल निगमले सन २०१२ अप्रिल २७ मा भएको आपूर्ति सम्झौता विपरित भारतीय आयल कर्पोरेसनले काम गरेको आरोप लगाएको छ । सिमा क्षेत्रमा असुरक्षा भएको भनि भारतीय आयल कर्पोरेसनले दिएको कारणलाई निगमले बकवास भनेको छ । निगमले ४० वर्षदेखिको सम्बन्ध दोवाटोमा आएको भन्दै दुख प्रकट गरेको छ । काठमाडौंमा इवाइ इन्धन सकिएको भन्दै निगमले सहज रुपमा इन्धन पठाउन भनेको छ ।
संविधान जारी भएपछि असन्तुष्ट जनाउँदै भारतले अघोषित रुपमा नाकाबन्दी गरेको छ । उसले सोमबार भारतले नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएपनि सहज रुपमा इन्धन भित्रिन सकेको छैन् । भारतले नेपालमा इन्धन सहज रुपमा नपठाएको अाज ११ अाैं दिन हाे ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्