
आफुलाई जन्म दिने आमा मरेकी भनी सँगै कामगर्ने साथीहरुसँग चन्दा उठाएर नेपाल फर्केका पप्पु ठाकुर घरमै मस्ती गरिरहेका छन् । मलेसियाको तोरंग ताइपेइङ भन्ने ठाँऊमा रहेको हिप्सन फामिंग (पोल्ट्री उद्योग) मा काम गर्दै आएका रुपन्देही मधवलिया निवासी झिनीया ठाकुरको छोरा पप्पु ठाकुरले सोही उद्योगमा काम गर्ने नेपाली सहकर्मिहरुलाई ठगेर नेपाल फर्केका हुन । उनले आफ्नो जीउदो आमा मरेको भन्दै पैसा उठाएका थिए ।
मलेसियाको सोही उद्योगमा काम गर्ने छपीया रुपन्देहीका सन्तोष अर्यालले भने ‘सँगै काम गर्ने साथीले एक्कासी आमाको निधन मयो भनेपछि हामी सबैले मिलेर सहयोग गरयौ । उसलाई सम्झाई बुझाई नेपाल पठायौं तर पछि बुझ्दा थाहा भयो उसले हामीहरुलाई ठगेको रहेछ । उसको आमा त जिउदै पो रहिछन् ।’
ठाकुरसँगै काम गर्ने कपिलवस्तु कोपवा घर भएका अमृत आचार्यले भने,‘सर त्यो ठग रहेछ । हामीलाई इमोशनल ब्यालेकमेल गर्यो । हामीहरुले ५० हजार रुपैयाँ चन्दा स्वरुप सहयोग गर्यौं । सबै साथी मिलेर सहयोग गर्यौ तर उसले हामीसँग फटाई गरेको रहेछ ।’
ठाकुरकै गाऊ मधवलियाका घनश्याम चौधरीले आफ्नौ गाऊको मान्छेले आफु सहित अन्य नेपाली साथीलाई विदेशमा आई ठग्दा दुखी भएको जनाए । चौधरीले भने,‘ त्यसले अत्यन्तै बद्मासी गरेको बताए । उसकी आमा जीउदैंछन् । आमा मरिन भन्यो, पैसा छैन भन्यो हामीले नेपाली दाजुभाईको हिसाबले सहयोग गर्यौ तर त्यो सब झुट रहेछ ।’
रुपन्देही छपीया घर भई सोही कम्पनीमा काम गरिरहेका शंकर भुसालले विदेशमा आएर आफ्नै देशका दाजुभाईलाई ठग्ने ठाकुरलाई कारबाहि गर्न आग्रह पनि गरेका छन् । ठाकुरले नेपाल आउंदा धेरै साथीहरुको महत्वपुर्ण सरसमान पनि ल्याएको तर त्यो समान पनि साथीहरुको घरमा नपुराई आफुले नै राखेको मलेसीयाबाट सन्तोष अर्यालले जनाए । यस विषयमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्