
नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक भएको छ। ह्याकरले नेपालीहरुले माइक्रोब्लगिङ साइट ट्विटरमा चलाएको #BackOffIndia को ट्रेण्ड विरुद्ध आफ्नो शक्ति देखाएको साइटमा लेखेको छन्। ह्याकरले पेजमा भारतको झण्डा समेत राखेका छन्।
आफूलाई भारतीय ह्याकर भएको दावी समेत गरिएको छ। ह्याकरले टीममा रहेर काम गरेको उल्लेख गर्दै छ वटा समूहको नाम समेत दिएको छ। वेवसाइटमा #BackOffNepal समेत लेखिएको छ।
‘यो भारतीय वेबसाइटहरु ह्याक गरिएको पैचोँ तिरिएको हो,’ ह्याकरहरुले लेखेका छन्, ‘फिल दी पावर अफ इन्डियन ह्याकर्स।’ ह्याकरले #BackOffNepal सँगै #OP_Nepal समेत प्रयोग गरेको छन्। ट्विटरमा #Op_Nepal प्रयोग भएर यो समाचार तयार गर्दा सम्म एउटा मात्र ट्विट भएको छ। यो ह्यास ट्याग आफूलाई इथिकल ह्याकर बताउने आदित्य पुरानीले प्रयोग गरेका छन्। उनले आफूलाई इण्डियन ह्याकिङको सिइओ भएको समेत दावी ट्विटरको बायोमा गरेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्