×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय झण्डा राखेर ह्याकरले लिए पत्रकार महासंघको वेवसाइट कब्जामा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

भारतीय झण्डा राखेर ह्याकरले लिए पत्रकार महासंघको वेवसाइट कब्जामा

Artha Sarokar

१५ आश्विन २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल पत्रकार महासंघको वेबसाइट ह्याक भएको छ। ह्याकरले नेपालीहरुले माइक्रोब्लगिङ साइट ट्विटरमा चलाएको #BackOffIndia को ट्रेण्ड विरुद्ध आफ्नो शक्ति देखाएको साइटमा लेखेको छन्। ह्याकरले पेजमा भारतको झण्डा समेत राखेका छन्।

आफूलाई भारतीय ह्याकर भएको दावी समेत गरिएको छ। ह्याकरले टीममा रहेर काम गरेको उल्लेख गर्दै छ वटा समूहको नाम समेत दिएको छ। वेवसाइटमा #BackOffNepal समेत लेखिएको छ।

‘यो भारतीय वेबसाइटहरु ह्याक गरिएको पैचोँ तिरिएको हो,’ ह्याकरहरुले लेखेका छन्, ‘फिल दी पावर अफ इन्डियन ह्याकर्स।’ ह्याकरले #BackOffNepal सँगै #OP_Nepal समेत प्रयोग गरेको छन्। ट्विटरमा #Op_Nepal प्रयोग भएर यो समाचार तयार गर्दा सम्म एउटा मात्र ट्विट भएको छ। यो ह्यास ट्याग आफूलाई इथिकल ह्याकर बताउने आदित्य पुरानीले प्रयोग गरेका छन्। उनले आफूलाई इण्डियन ह्याकिङको सिइओ भएको समेत दावी ट्विटरको बायोमा गरेका छन्।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी