×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिमानी भाइरलले थलिँदा भेट्न गएनन् पारस

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

हिमानी भाइरलले थलिँदा भेट्न गएनन् पारस

Artha Sarokar

२७ आश्विन २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वारि निर्मल निवास, पारि जीवन कुञ्ज ! बाहिरबाट हेर्दा गेट फरकफरक देखिए पनि भित्रचाहिँ एउटै कमान्डभित्र दुई महल छन् । तर, आजकल वारि र पारिको दूरी बढेको मात्रै छैन, वारिसँग पारिको सरोकार कम छ, प्रेम पनि कम छ ।

हो, निर्मल निवास पूर्वराजा ज्ञानेन्द्रको र जीवन कुञ्ज तत्कालीन अधिराजकुमार स्व.धीरेन्द्रको बासस्थान । अहिले वारि र पारिको दूरी बढेको चाहिँ पूर्वयुवराज पारस र पत्नी हिमानीको सन्दर्भमा हो । भाइरलको संक्रमणले झण्डै एक साता थला परेकी हिमानी बालबच्चा लिएर सासुससुरासँगै निर्मल निवासमा बस्छिन् । तर, एकहप्तासम्म १०२ र १०३ ज्वरोले उनी थलिँदा जीवन कुञ्ज बस्ने पारस एकचोटि पनि पत्नीलाई हेर्न गएनन् । गत महिना पारस मुटुमा समस्या आएपछि उपचारार्थ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुँदा एकचोटि पुगिन् । उनी औपचारिकताका लागि मात्र गएको पारसले आफ्ना साथीहरुलाई सुनाएका छन् ।

‘हस्पिटलमा किन फेसन शो गरेको होला’, पारसले एक निकटस्थसँग त्यसैबेला भनेका थिए । हिमानी भाइरलले थलिँदा बरु बालुवाटारमा कार्यालय रहेको हिमानी ट्रस्टका कर्मचारीहरु लाइन लागेर भेट्न पुगे, पल्लो घरमा बस्ने पति भने एकचोटि पनि गएनन् । निर्मल निवासस्रोत भन्छ, हिमानीसँग पारसको सम्बन्ध औपचारिक मात्र हो । थाइल्यान्डबाट फर्किनासाथ बहिनी प्रेरणाको ताहाचलस्थित घरमा बसेका पारस अहिले पनि त्यहीँ बस्न चाहन्छन् ।

तर, बहिनीको घरमा बस्दा अरुले भन्ने मौका पाए भन्दै धीरेन्द्रका छोरीहरुको सल्लाहमा जीवनकुञ्ज बस्न थालेका हुन् । पारसले अहिले पनि आफू स्वतन्त्रपूर्वक बस्न चाहेको बताउँछन् । तर, ज्योतिषहरुले पनि उनलाई केही समय एक्लै बस्न नदिनु, परिवारभित्रै पनि नराख्नु भनी सल्लाह दिएको स्रोतले बताएको छ । उनीहरुकै सल्लाहअनुसार, निर्मल निवासमा ग्रहशान्तिको पूजा लगाइयो, तर ग्रह भने अझै शान्त नभएको समाचार जनआस्थाले लेखेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी