
नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली मुलुकको ३८औं प्रधानमन्त्री बनेका छन् । व्यवस्थापिका संसदमा आईतबार भएको निर्वाचनमा उनले ३ सय ३८ मत प्राप्त गरे । ओलीलाई प्रधानमन्त्री बनाउने क्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापाको सहयोग निर्णायक रह्यो ।
राजनीतिका दुई विपरित ध्रुवहरु एकैठाउँमा आएका छन् । एमाओवादी, राप्रपा नेपाल र फोरम लोकतान्त्रिकसहितको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा निर्वाचित भएपछि अब दलहरुवीच पावर सेयरिङमा छलफल भएको छ ।
एमाओवादीका टोपबहादुर रायमाझी उपप्रधान तथा गृहमन्त्री, फोरम लोकतान्त्रीकका बिजय गच्छदार उपप्रधान तथा भौतिक योजना मन्त्री, कमल थापा उपप्रधान तथा परराष्ट्रमन्त्री हुने स्रोतले जनाएको छ । उनिहरुले भोली नै ओलीसँगै सपथ लिनेछन् । यस्तै एमालेका बिष्णु पौडेल पनि मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाई छ ।