×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालका अर्थमन्त्रीको पढाइ १० कक्षा मात्र !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

नेपालका अर्थमन्त्रीको पढाइ १० कक्षा मात्र !

२६ आश्विन २०७२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थमन्त्रीमा विष्णु पौडेललाई नियुक्त गर्ने एमालेले निर्णय गरे पनि अन्तिम समयमा उनी नयाँ मन्त्रीपरिषदमा समेटिएनन् । आज प्रधानमन्त्रीमा केपी ओली, उपप्रधानमन्त्रीमा विजयकुमार गच्छदार र कमल थापाले सपथ ग्रहण गरेका छन् ।
मन्त्री पदका लागि अग्नीप्रसाद खरेल, सत्यनारायण मण्डल, सोमप्रसाद पाण्डे, हरिबोल गजुरेल, रामकुमार सुब्बाले सपथ ग्रहण गरेका छन् । अन्तिम समयमा आएर पौडेललाई नयाँ मन्त्रीपरिषदमा नसमेटिएको हो ।
काठमाडौं । नयाँ सरकारका अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त हुने भएका छन् । आफ्नै दल नेकपा एमालेको नेतृत्वमा सरकार गठन भएपछि उपमहासचिव रहेका पौडेल अर्थमन्त्री हुन लागेका हुन् ।
पौडेलले आजै प्रधानमन्त्री केपी ओलीसँगै सपथ ग्रहण गर्दैछन् । पौडेल गणतन्त्र नेपालको पहिलो संयुक्त सरकारका जलश्रोत मन्त्री भएका थिए ।
आज गठन हुने मन्त्रीपरिषदमा पौडेल अर्थमन्त्रीमा गएपनि केही दिनमा विस्तार हुने मन्त्रिपरिषदमा उनको पोर्टफोलियो परिवर्तन गर्ने सम्भावना उत्तिकै छ । विस्तारित मन्त्रिपरिषदमा सुरेन्द्र पाण्डे अर्थमन्त्रीमा जाने सम्भावना छ । पाण्डे माधव नेपाल प्रधानमन्त्री भएका बेला अर्थमन्त्री थिए ।
पौडेलका लागि अर्थ नयाँ मन्त्रालय हो । देशको खातापाता सञ्चालन गर्ने अर्थ मन्त्रालयको नेतृत्व गर्दै गर्दा पौडेलमाथि बजेटको कार्यान्वयन गर्ने चुनौती छ । देशी विदेशी दाता, लगानीकर्ता, साझेदारहरुसँग उठबसमा रहनु पर्ने अर्थमन्त्रीको पढाइ भने माध्यमिक तहसम्म मात्रै छ ।
पौडेल निजी क्षेत्रमैत्री नै छन्, जलस्रोत मन्त्री छँदा उनले लामो समयदेखि पुनरावलोकन नभएको विद्युत खरीद सम्झौता व्यवसायीको माग अनुसार चलाएका थिए ।
उनले त्यसबेला पिपिए दर बढाएर हिउँदमा सात र बर्खामा चार रुपैयाँ पुर्‍याएका थिए । पौडेलमाथि जागिरका बारेमा केही आरोपहरु पनि लाग्ने गरेको छ । उर्जामन्त्री हुँदा उनीसँग भेट गर्न आउने आयोजनाका प्रमुखहरुसँग आफ्ना मान्छेलाई जागिर लगाइदिन लिष्ट दिने गरेको आरोप छ ।
यस्तो छ वायोडाटा
२०५१ सालमा प्रतिनिधि सभा सदस्य समेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृती मन्त्री भएका थिए । २०३७ सालमा ३ वर्ष राजकाजको मुद्धा खेपेका पौडेल ३ हजार रुपैयाँ जरिवाना सहित भैरहवा जेल चलान भए पछि ४५ दिनको परिश्रम पछि जेल बिद्रोह गरेका थिए ।
देविलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलिबजार १३ मा भएको हो । माध्यामिक तहसम्म पढेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन् ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: