नेपाल आयल निगम(एनओसी)ले पेट्रोलियम पदार्थ रोक्ने निर्णयप्रति कडा आपत्ती जनाउँदै तेल नआएको अवधिको क्षतिपूर्ति भर्न इन्डियन आयल कर्पोरेसन(आइओसी)लाई कडा पत्र पठाएको छ। निगमले शुक्रबार पठाएको पत्रमा तेल आपूर्ति नहुँदा आयल निगमले ठूलो बित्तीय घाटा र कम्पनीको साखमा परेको नकारात्मक प्रभावको आइओसीले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ। ‘एनओसी र आइओसीबीचको ४० वर्ष पुरानो सम्बन्ध अहिले दोबाटोमा छ। आइओसीसँग सम्झौंता नभए पनि एनओसीले व्योहोर्नु परेको ठूलो बित्तीय घाटा र कम्पनीको साखमा भएको क्षतिमा आइओसीले क्षतिपूर्ति दिनुपर्छ,’ निगमको पत्रमा भनिएको छ, ‘यो विषयमा हामी पछि फेरि पत्राचार गर्नेछौ।’ आइओसीले डिपोमा पुगेका ट्यांकरमध्ये एक/दुई वटालाई मात्रै तेल दिएर ‘जिस्काएको’ निगमको ठहर छ। ‘तपाईँहरुको पछिल्ला एक दुई दिनमा हाम्रा ३०/४० वटामध्ये एउटा वा दुईवटा ट्यांकरमा इन्धन दिनुभएको छ। यसले हामीलाई अझ बढी अत्याचार गरेको र जिस्काएको अनुभव भएको छ,’ प्राप्त निगम संचालक समितिले आइओसीलाई गरेको पत्रमा भनिएको छ, ‘यसले हाम्रो गम्भीर रुपमा ध्यान आर्कषित भएको पनि छ। यो क्षेत्रको बहुराष्ट्रिय कम्पनीका रुपमा आइओसी जस्तो संस्था यस्ता अव्यवसायिक तथा गैरजिम्मेवार क्रियाकलाप, त्यो पनि एनओसी जस्तो लामो समयको व्यापारिक साझेदार संस्थासँग सुहाउने होइन।’ भारतले नेपालको संविधान निर्माणमा असन्तुष्टि जनाउँदै लगाएको अघोषित नाकाबन्दीलाई समर्थन गर्दै आइओसीले नेपाललाई तेल दिन रोकेको छ। यो नाकाबन्दीपछि निगमको संचालक समितिको बिहीबार बसेको बैठकले आइओसीलाई पत्र पठाउने निर्णय गरेको थियो। नेपाल आयल निगमले गरेको पत्राचारको नेपाली अनुवाद यस्तो छ :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्