×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीन भन्छ पेट्रोल बनेपामै ल्याइदिन्छौं, नेपाल भन्छ रक्सौलबाटैै ल्याउँछौं

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चीन भन्छ पेट्रोल बनेपामै ल्याइदिन्छौं, नेपाल भन्छ रक्सौलबाटैै ल्याउँछौं

Artha Sarokar

४ कार्तिक २०७२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चीन सरकारले नेपाल सरकारलाई बारम्बार पेट्रोलियम पदार्थ आपूर्तिको लागि ठोस प्रस्ताव ल्याउ भनिरहेको छ । चीनले काठमाडौंबाट नजिक रहेको बनेपासम्म ल्याइ दिने प्रस्ताव गरेको एक हप्ता भए पनि सरकार अनिर्णयबन्दी भएको छ ।

चीनको उपयुक्त प्रस्ताव नेपाल सरकारले नसुने झै गरी आफ्नो दूतलाई दिल्ली दौडाहमा पठाइरहेको छ । यसले चीन सरकारलाई नटेरेको तथा कम महत्व दिएको बुझिन्छ एक जना परराष्ट्रविदले आजभोलिलाई जानकारी दिए ।

वर्तमान प्रधानमन्त्री केपी ओली तथा एमाओवादीका अध्यक्ष सरकारमा जानु भन्दा पहिले चीनबाट ल्याउनु पर्ने धारणा राख्दै आइरहेका थिए । तर ओलीले सरकारको नेतृत्व समालेपछि चीनबाट तेल ल्याउन कुनै  ठोस पहल गरेको देखिदैन् ।

सरकारका पछिल्ला कदमहरुलाई नियाल्दा ओली सरकार दिल्लीसँग डराएको देखिन्छ । बरु निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाले चीनबाट तेल ल्याउन ग्लेबल टेण्डर खोलेका थिए । तर ओली सरकारले ग्लोबल टेण्डरको निर्णय समेत गर्न सकेको छैन ।

भारतपरस्त आरोप लाग्दै आएको ओली अब व्यवहारमै प्रमाणीत हुने अवस्था आएको जानकारको बुझाइ रहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी