
नेपाली काँग्रेसका युवा तथा सेलिब्रेटी नेताको रुपमा पहिचान बनाएका गगन थापाको सकारात्मक पक्षको मात्र धेरै चर्चा हुने गरेको छ । उनी आम युवामा उदाहरणीय व्यक्तित्व र देशका लागि केही गर्न खोज्ने नेताका रुपमा गनिन्छन् । तर उनले गरेका कामको खोजबिन गर्दै जाँदा उनीको त्यो कुरा खोक्रो आदर्श मात्र रहेछ भन्ने पनि भेटिन्छ कहिलेकहीँ ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ४ बाट दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ जितेका उनी संसदमा महत्त्वपूर्ण कृषि तथा जलस्रोत समितिका सभापति बने । गगनले नेतृत्व सम्हालेको समितिले बजेट सक्नकै लागि रातारात गोदावरीको पार्क भिलेज रेष्टुरेन्टमा दारुपानीसहितको बैठक डाकेर प्रतिवेदन तयार गरेका छन् ।
देशलाई केही गर्छौँ भन्ने चर्को आदर्शवादको भाषण छाँटेर युवा शक्तिमा आउनुपर्ने तर्क गर्ने उनले पुराना नेताले भन्दा कुनै फरक र नयाँ ढंगको काम गर्न नसकेपछि धेरैको मन कुँडिएको छ । संसदको कोषबाट अथाह बजेट दोहन गर्न पाइन्छ भन्दैमा समितिको प्रतिवेदन लेखनजस्तो सामान्य काम काठमाडौँकै कुनै कोठामा बसेर चियाबिस्कुट खाजा खाएर पनि गर्न नसकिने होइन ।
को को छन् समितिमा ?
समितिका सभापति तथा आफैँ कृषि तथा व्यापार आयोजना प्याक्टबाट पहुँचका आधारमा प्रशस्त अनुदान लिएर मासुपसल चलाउनृे र ‘गगनको व्यावसाय’ भनेर चर्चा बढाउने तर आफ्नै समितिमा आयोजनाको रकम दुरुपयोग भएको र पहुँचवालाले मात्र पाएको भनेर त्यसैको हाकिमलाई बैठकमा डाकेर सातो खाने गगन थापा भइहाले ।
त्यसबाहेक अन्य सदस्यहरुमा भने काँग्रेसका कमलप्रसाद पंगेनी, किरण यादव, केशव थापा, चन्द्रबहादुर कुँवर, ध्रुव वाग्ले, दिनेशप्रसाद यादव, पुष्करनाथ ओझा, प्रकाशशरण महत, मेघराज नेपाली, राजु खनाल, रामेश्वर ढुङ्गेल, विक्रम खनाल र ज्ञानेन्द्र कार्की एमालेबाट अमृत बोहरा, आनन्द पोखरेल, आशा यादव, काशीनाथ अधिकारी, छेवाङ तेन्जेन तामाङ, जमिन्द्रमान घले, डम्बरध्वज तुम्वाहाम्फे, ताराकान्त चौधरी, नवराज शर्मा, निर्मल सुबेदी, भवानी खापुङ, रामअवतार पासवान, लक्ष्मी पोखरेल, शारदाकुमारी विक, एमाओवादीका कृष्ण धिताल, पुनाराम थापा, बेदमाया भण्डारी, मानबहादुर थारु, शिवकुमार मण्डल, सीता नेपाली, रेखा शर्मा, राप्रपा नेपालबाट गंगा यादव, कुन्ती शाही, धानो महरा, राप्रपाका गीता सिंह, तमलोपाबाट जंगीलाल यादव, डिल्लीप्रसाद काफ्ले, नरेन्द्र साह कलवार, लक्ष्मीकुमारी चौधरी, शिवचन्द्र चौधरी, सुमित्रा थरुनी, रेशमबहादुर बानिया, ंगंगादेवी डाँगीलगायत छन् । पदेन सदस्यबाहेक समितिमा ५१ सदस्य हुन्छन् ।
प्रधानमन्त्रीमा सबै समितिको र समितिको कार्यक्षेत्रसँग सम्बन्धित मन्त्री र समितिको पदेन सदस्य रहने व्यवस्था छ । २६ चैत ०७० मा गठित समितिको सभापतिको निर्वाचन ११ भदौ ०७१ मा भएको थियो । समितिको निर्णय उपस्थित सदस्यहरुको बहुमतबाट हुन्छ । निर्णय प्रमाणित सभापतिले गर्ने व्यवस्था छ । समितिको प्रतिवेदन सभापतिले व्यवस्थापिका–संसदमा पेस गर्नुपर्दछ ।
समितिले ऊर्जा, सिञ्चाइँ, कृषि विकास र भूमिसुधार तथा व्यवस्था मन्त्रालयको गतिविधि हेर्छ । समितिले सम्बन्धित मन्त्रालय, विभाग र अन्तर्गतका निकायको नीति, कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापनजस्ता क्रियाकलापको मूल्यांकन गरी सम्बन्धित निकायलाई निर्देशन दिने काम गर्दै आएको छ । निर्देशन, टिप्पणी, सिफारिस र निर्देशनसहितको वार्षिक प्रतिवेदन सभामा पेश गर्नुपर्ने नियम छ ।
समितिले आफू मातहत ४ उपसमिति गठन गरेको छ । जसमध्ये ऊर्जा उपसमितिमा ज्ञानेन्द्र कार्की, सिञ्चाइँ उपसमितिमा सीता नेपाली, कृषि विकास उपसमितिमा आनन्द पोखरेल र भूमि सुधार व्यवस्था उपसमितिमा जंगीलाल यादव छन् ।
भद्रगोल रोक्न गोदावरी चयनः सचिव
समितिका सचिव तथा संसद सचिवालयका उपसचिव आनन्द अधिकारीले राजधानीमा प्रतिवेदन लेख्न भद्रगोल हुने भएकाले नै गोदावरी चयन गरिएको बताए । ‘राजनीतिक व्यस्तताबीच राजधानीमा बैठक बसाउँदा कसैको पनि ध्यान केन्द्रित नहुने भएकाले बाहिरै नै बस्नेगरी जानुपरेको हो, अब प्रतिवेदन फाइनलाइज गर्ने क्रममै छौँ, केही दिनमा संसदमा बुझाइन्छ,’ उनले नेप्लिज समाचारसँग भने, ‘आगामी वर्षको कार्ययोजनाबारे पनि घनिभूत छलफल गर्नुपर्ने भएकाले उपत्यका भन्दा बाहिरको शान्त स्थान रोजिएको हो ।’
तर गोदावरीमा गरिएको बैठक अनौपचारिक भएको उनले बताए । त्यसमा भएको खर्च भने उनले खुलाउन मानेनन् । सबै सदस्यलाई खबर गरिए पनि १९–२० जना मात्र सहभागी भएको उनले जानकारी दिए ।
अर्का युवा नेता पनि के कम ?
एमालेका अर्का युवा नेता रविन्द्र अधिकारी पनि यस मामलामा चुकेका छन् । विकास समितिको सभापति रहेका उनले पोखराको आफ्नै निर्वाचन क्षेत्रमा लगेर भूकम्पसम्बन्धी गोष्ठी गरे । जबकि भूकम्पले सबैभन्दा प्रभावित स्थान नै काठमाडौँ हो । आफ्ना कार्यकर्तालाई सहभागिता गराउन नै उनले पोखरामा गोष्ठी गरेको भन्दै आलोचना भएको छ । यिनै अधिकारी अहिले पाए सञ्चार नत्र जुन मन्त्रालय भए पनि हुन्छ भन्दै मन्त्री बन्न दौडधूप गरिरहेका छन् । जबकि उनलाई विकास समिति सभापति बनाउने बेला पनि पार्टीमा एउटा गुटको मात्र हालिमुहाली चलेको बेला थियो ।
–शन्तराम बिडारी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्