
उसले मधेश आन्दोलन कुनै नेताको बलमा नचलेको र मधेशी जनता कुनै पार्टी वा नेताको गुलाम नभएको भन्दै मधेशी सहिदको लाशमाथि राजनीति गर्नेहरुको परिवारबाट पनि एक एक जनालाई सहिद बनाउने धम्की दिएको छ ।
उसको विज्ञप्तिमा सहिद परिवारमाथि आइलाग्ने विपतको अनुभव गराउन उनीहरुको परिवारबाट एक जनालाई सहिदको दर्जा दिलाउन र सरकारको तर्फबाट दिइने १० लाख रकम दिलाउन आवश्यक रहेको जनाएको छ ।
कथित तराई लिबरेशन आर्मीले कैलाली र महोत्तरीमा प्रहरीको हत्या आफूले गरेको दाबी पनि गरेको छ । उसले भनेको छ ” आगामी दिनमा पनि जनतामाथि दमन गर्नेलाई मारिने छ ।”
विज्ञप्तिमा तराई लिबरेशन आर्मीसँग बुद्धिजिवी, उद्यमी, पूर्व मधेश विद्रोहीलगायत नेपाल प्रहरीका ५ अधिकारी तथा नेपाली सेनाका भूतपुर्व ३ अधिकारी आबद्ध रहेको दाबी पनि गरिएको छ । यसबारे सरकार बेलैमा सचेत हुन जरुरि देखिन्छ |हुलाकी न्युजको सहयोगमा