
पूर्व
पश्चिम राजमार्ग अन्तरगत सप्तरीमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच
भएको झडपमा २ जनाको मृत्यु भएको छ । राजमार्ग अबरोध गर्न बसेका मोर्चाका
कार्यकतालाई हटाउने क्रममा स्थिती तनाबपूर्ण बनेपछि प्रहरीले चलाएको गोली
लागेर उनीहरुको मृत्यु भएको छ।
सप्तरीको डाडा गाविसका
विरेन्द्र राम र बधुवा गाविसका नागेश्वर यादवको मृत्यु भएको हो । झडपमा डेढ
दर्जनभन्दा बढि घाईते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ ।
अबरोध
हटाउन सप्तरीका विभिन्न क्षेत्रमा ५ सय राउण्ड भन्दा बढि हवाई फायर गर्नु
परेको प्रहरीले जनाएको छ । सो क्षेत्रमा रातभरी प्रदर्शन भएपछि राजधानी जान
लागेका सयौ यात्रुबाहक बस सुनसरीको इटहरीमै रोकिएका छन् । प्रदर्शनका कारण
कुनै पनि सवारी साधनलाई स्कर्टिङ्ग गर्न नसकिएको प्रशासनले जनाएको छ ।
प्रहरीले
केहि महिना यता सो क्षेत्रमा राति स्कर्टिङ्ग मार्फत सवारी साधनलाई
गन्तब्यमा पुर्याउदै आएको थियो । पूर्व सप्तरीदेखि महोत्तरीसम्म
राजमार्गमा रातभर प्रदर्शन भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्