
देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने अर्थ मन्त्रालयको प्रमुख जिम्मेवारी पाउने व्यक्ति हुन्, अर्थमन्त्री । देशको आर्थिक क्षेत्रका हरेक आयामहरुसँग साक्षात्कार गर्नु पर्ने भएकाले पनि अर्थमन्त्रीको जिम्मेवारी निकै नै बोझिलो हुने गर्दछ । सार्क राष्ट्रका कतिपय राष्ट्रका अर्थमन्त्री सिए छन् भने कतिपय देशका अर्थमन्त्रीले १० कक्षा मात्र पढेका छन् ।
अफगानस्थानका अर्थमन्त्री एकलील अहमद हकिमीले स्नातकोतरसम्म पढेका छन् । उनले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका हुन् । भारतका अर्थमन्त्री अरुण जेटलीले बीकम र एलएलबी गरेका छन् । माल्दिभ्सका अर्थमन्त्री अब्दुल्ला जिहादले अर्थशास्त्र बिषयमै स्नातकोत्तर गरेका छन् ।
श्रीलंकाका अर्थमन्त्री संद्रेश रविन्द्र करुना नाइकेले चार्टड मेनेजमेन्ट एकाउन्टेन्सी उतिर्ण गरेका छन्। भुटानका अर्थमन्त्री ल्योन्पो नाम्गे दोर्जीले एलएलबि गरेका छन् । बंगलादेशका अर्थमन्त्री अबुल माल अब्दुल महिथले एमए र एमपीए गरेका छन् । पाकिस्तानका अर्थमन्त्री मोहम्मद ईशकदारले बीकम र सिए पास गरेका छन् ।
नेपालका अर्थमन्त्रीले भने १० कक्षा पास गरेका छन् ।