
अवैध बाटो प्रयोग गरि भारतीय विमा कम्पनीले करोडौ रुपैयाँ भारत लगिरहेको भन्दै भारतीय विमा कम्पनीलाई नेपालबाट विस्थापित गर्न सडक सघर्ष सुरु गरिएको छ ।
भारतीय विमा कम्पनीलाई नेपालबाट विस्थापित गर्न नेपाली विमा अभिकर्ता सघ सडकमा ओर्लिएको हो । नेपालमा सञ्चालित जीवन विमा कम्पनी मध्येका ८ विमा कम्पनीका विमा अभिकर्ताहरु सघर्ष समिति बनाएर सडकमा ओर्लिएका हुन् । हाल नेपालमा भारतीय विमा कम्पनी बाहेकका ८ वटा विमा कपन्नीमा १ लाख भन्दा धेरै अभिकर्ता सक्रिय रहदै आएका छन् ।
लाइफ इन्स्योरेन्स कर्पाेरेशन, एलआइसी नामक भारतीय विमा कम्पनीको विरोधमा पूर्वी नेपालको झापाबाट विमा अभिकर्ताहरु सडकमा ओर्लिएपछि भारतीय विमा कम्पनी विवादमा तानिएको छ ।
भारतको ५५ प्रतिशत शेयर रहेको लाइफ इन्स्यौरेन्स कर्पाेरेशन, एलआइसीले नेपालको विशाल ग्रुप लगायत अन्य सर्वसाधारणको गरि ४५ प्रतिशत शेयरमा विमाको काम गर्दै आएको छ तर, झापा लगायतमा सहकारी सस्था लगायतलाइ समेत वित्तिय अभिकर्ता बनाउदै करोडौ मुनाफा भारत लगिरहेको र अवैध बाटोबाट समेत काम गरिरहेको भन्दै पेशागत विमा अभिकर्ता सघ नेपालका केन्द्रिय सदस्य तेजमणि प्रसाइले आरोप लगाउनु भएको छ ।
भारतले नेपालमा महिनौदेखि गर्दै आएको अघोषित नाकाबन्दी, आफूहरुले छिमेकी राष्ट्र भन्दै सहिरहेको तर भारतीय विमा कम्पनीले नेपालको विमा कम्पनीको रोजीरोटी नै खौस्ने गरि अवेैध बाटोबाट रुपैया निर्यात गरिरहेको आफूहरुलाइ अब स्वस्कार्य नहुने पेशागत विमा अभिकर्ता सघ मेची अञ्चल सचिव श्रीप्रसाद सिटौलाले बताउनु भएको छ ।
नेपालका सवै विमा कम्पनीका विमा अभिकर्ताहरुको भेलाले यो कदमलाइ स्विाकार्न नसकिने विषयममा एकमतले एकबद्दता जनाएपछि पूर्व नेपालको विर्तामोडबाट सयुक्त सघर्ष गर्ने सहमति गरि समिती निर्माण गरिसकिएको छ । हाल सघर्ष समिती सडक आन्दोलनमा उत्रिएको मेची अञ्चल स्तरिय सयुक्त विमा अभिकर्ता सघर्ष समितीका सयोजक श्रीप्रसाद सिटौलाले बताउनु भएको छ ।
उनले यो सघर्ष आफुहरुको रहर नभएर बाध्यता भएको र यो अभियान देशै भरि सञ्चालन गरिने र भारतिय विमा कम्पनीलाइ नेपालबाट विस्थापित गराएरै छोडने बताउनु भएको छ ।
सघर्ष समितीले एक प्रेश विज्ञप्ती समेत निकालेर भारतिय विमा कम्पनीको विरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ– विमाको लागि बार्षिक रुपमा अरबौ रुपैयाँ शुल्क संकलन भइरहेको छ । यसरी राज्य, विमीतहरु, लगानीकर्ताहरु, विमा कम्पनीहरु सबैको बचत, लगानी, सुरक्षा, र मुनाफाको महत्वपुर्ण श्रोतरुपमा नेपालीहरुको उत्कृष्ठ व्यावस्थापनमा नेपाल सरकारको प्रचलित कानुन बमोजिम सञ्चालित रही सेवा र मुनाफा दिइरहेका नेपाली विमा कम्पनीहरु विगत लामो समय देखि क्रियाशिल रहदै आएका छन ।’- न्युज एक्स्प्रेस डट ओआरजी मा खबर छ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्