×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी’ अब टीभीमा आउदैनन्, कारण मिडिया हबसँगको रकम लफडा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘तितो सत्य, मेरी बास्सै र जिरे खुर्सानी’ अब टीभीमा आउदैनन्, कारण मिडिया हबसँगको रकम लफडा

२० कार्तिक २०७२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

तीतो सत्य, मेरी बास्सै र जिरे खुर्सानी अन्ततः बन्द हुने अवस्थामा पुगेको छ । मिडिया हब सँग कुरा नमिल्दा अन्तत: यी कार्यक्रमहरु बन्द हुने भएका हुन् ।
अहिले यी तिनै सिरियलहरु टेलिभिजनमा दोहोरिईरहेका छन् ।

‘तितो सत्य’का निर्माता दिपकराज गिरीले भने-‘अब तिनै वटा सिरियल प्रशारण बन्द हुने संभावना ८० प्रतिशत छ ।’ केही आशा रहेपनि त्यो पुरा हुने संभावना कमजोर रहेको उनको भनाई छ ।

‘जिरे खुर्सानी’का निर्देशक तथा कलाकार जितु नेपाल ३ महिनादेखि अमेरिकामा कार्यक्रममा व्यस्त छन् ।  यता ‘मेरी बास्सै’का निर्देशक सिताराम कट्टेल भने समाजसेवा र भुकम्प पीडितका लागि घर बनाउनमा नै व्यस्त थिए ।

यी सिरियलबाट केही कलाकार मनग्गे पैसा पनि कमाए  भने धेरै कलाकारहरुले घर र गाडी जोड्न सफल भएका थिए ।

तर, मिडिया हबसँगको रकम लफडाले अब भने यी चर्चित ३ सिरियलको प्रशारण बन्द हुने अवस्थामा पुगेका छन् ।

निर्देशक तथा कलाकार दिपकराज गिरी भन्छन्-‘अब चलचित्र निर्माणमा नै अगाडि बढ्छु ।’

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: