
सोमबार आर्थिक दैनिकको प्रथम पृष्ठमा प्रकाशित ‘ऋणी महिला उद्यामीद्वारा कृषि विकास बैंकका चार कर्मचारीविरूद्ध यौनशोषण र जबर्जस्ती करणी गरेको किटानी जाहेरी’ शीर्षकको समाचारपछि कतिपय मानिसमा कौतूहल सिर्जना भएको हुनसक्छ कि ती ऋणी महिलालाई बैंकको त्यस्तो जिम्मेवार पदमा बसेकाहरूले किन यस्तो खराब नियत राखेर अघि बढे र कस्तो प्रकारले ती पीडित महिला यौनशोषणमा परिन् ? प्राप्त कागजी प्रमाण र ती पीडित महिलाको किटानी जाहेरीको आधारमा देखिएका प्रमाणहरूबाट कृषि विकास बैंकका पुतलीसडक शाखाप्रमुख गेहनाथ पौडेल र सोही कार्यालयका उपप्रमुख थानेश्वर पन्थीविरूद्ध किटानी जाहेरी दिदा प्रहरीले समेत सो जाहेरी लिन नमानेपछि झनै उक्त महिला थप पीडामा परेको देखिएको छ । कार्यालय प्रमुखको आड पाएर कार्यालयका चालक भाइचा महर्जनले समेत पटक–पटक दुव्र्यवहार गरेको बताउने ती महिलासग ती व्यक्तिहरूले कसरी यौनशोषण गरे भन्ने विषयमा आर्थिक दैनिकका प्रतिनिधिले गरेको कुराकानी जस्ताको त्यस्तै :
कृषि विकास बैंकमा कसरी जानुभयो तपाईं ?
कृषि विकास बैंकमा म लोनको लागि गएँ । व्यापार यताउता गर्नको लागि । मेरो पसलको नाम सुरज कार्पेट हो । मेरो नामचाहिँ टीकामाया गोले हो । म काठमाडौंको नारनटार अर्याल गाउँमा बस्छु । सुरुमा मैले बैंकमा रमेश भट्टराईलाई भेटेँ । उहाँचाहिँ मेनेजर रहेछन् । फाइल बनाउने मेनेजर । उहाँलेचाहिँ ऋण किन चाहियो यताउति कुरा सोध्नुभयो । त्यसपछि थानेश्वर पण्डितलाई भेटेँ । उहाँचाहिँ सेकेण्ड हाकिम रहेछन् । कृषि विकास बैंक पुतलीसडकको । उहाँले लोन के गर्नलाई भनेर सोध्नुभयो । सुरुमा मेरो दाइलाई लगेँ । रमेश भट्टराईलाई भेटाएँ । उहाँले केको व्यापार भन्नुभयो । मैले गलैँचा कारखाना छ, व्यापार बढाउनलाई भनेँ । उहाँले कहाँ छ भनेर सोधे । मैले जोरपाटीमा छ भनेँ । जोरपाटी कता छ, जग्गा कति आना छ भने । जोरपाटी आारुबारीमा चार आना जग्गा रहेको मैले उनलाई बताएँ । उनले कति ऋण चाहियो भनेपछि मैले जति मिल्छ त्यति भनेँ । १५/२० लाखमा जति मिल्छ त्यति, भनेको थिएँ । पछि उसले २६ लाखको लोन मलाई मिलाएछ । २६ लाख मिलाएर त्यसमा फेरि २४/२५ लाख थपेर ५० लाख पु¥याएर उता अहिलेको घर बनाएको जग्गा आठ आना जग्गा किनेँ । त्यसपछि जे होस् उसले भन्यो यो लोनचाहिँ के गर्ने भनेर मलाई भन्यो । यो लोन व्यापारको लागि मैले भनेँ । अनि पछि उसलाईचाहिँ जे होस व्यापारका लागि भनेर लोन निकालेर मैले चाहिँ जग्गा किनेँ । रमेश भट्टराईलाई भेटेपछि मैले थानेश्वर पन्थीलाई भेटेँ । त्यसपछि गेहनाथ पौडेललाई भेटेँ । उहाँ त्यहाँँको ठूलो हाम रहेछन् । कृषि विकास बैंक पुतली सडकको हाकिम । बैंकमा थानेश्वर पन्थीले मलाई अलिकति कस्तो नराम्रो व्यवहार गर्नथाल्यो । अनि मैले उसलाई कराएको थिएँ । उसले लडेजस्तो निहुँ पारेर मेरो शरीर(वक्षस्थल)मा छुन आयो । अनि फेरि मैले कराएँ । त्यसको पाँच छ महिनापछि मेरो ममको आफन्तले फेरि ऋण निकाल्ने भयो । ऋण निकाल्नको लागि अनि मेरो पैसा पनि लोन निकाल्नको लागि उनीहरुले भनेका थिए । तिम्रो लोन तिमीलाई चाहिन्छ भने थप है । मैले भन्दा तिमीहरुलाई छैन भने पनि मलाई चाहिने छ नि भन्दा रमेश भट्टराईले भन्यो । तिमी पनि आधा चलाऊ म पनि आधा चलाउला निकाल्न पैसा निकाल भनेर रमेश भट्टराईले भन्यो । तिम्रो ढुकुटीको पैसा पनि त्यत्रो भइरहेको छ नि भनेपछि मैले पैसा निकालेँ । मैले रमेश भट्टराईसँग ढुकुटी खेलेको थिएँ । उहाँले २० लाखको ढुकुटी खेलाएका थिए । त्यही बैंकभित्रबाट रमेश भट्टराईले १० लाख रुपैयाँ पनि सापटी लिएको छ । त्यो पैसा पनि दिएन । थानेश्वर र गेहनाथले पनि मेरो पैसा चलाएका छन् । उनीहरु सबैले तिमीले ब्याज तिर्न सक्दैन सबै पैसा चलायो भने त्यसैले तिमीले जति चलाउँछ, त्यतिको मात्रै ब्याज पाउँछ भन्यो । मलाई त म पढेको छैन भनेपछि आफू नपढेको भएर नै उनीहरुले मलाई ठगे । अहिले त्यो सबै पेपर निकाल्नु न मेरो कति रहेछ भन्यो भने उनीहरुले निकाल्दैनन् । लेखेर दिन्छ एकैचोटि बैना बढाको । बैनाविना ९० लाख निकालिदिएको छ, हातले लेखेर दिन्छ त्यो पनि ।
७९ लाख मैले निकालेको छु तर त्यसमा त्यत्रो मैले चलाएको छैन । २० लाख ढुकुटी खेल्यो । त्यसमा उनीहरुले पनि पैसा चलाएका छन् । उनीहरुले १० लाख चलाएका छन्, २० लाख ढुकुटी खेलाइदिएको छ । थानेश्वर पन्थीले पनि नयाँ घर बनाएको हो । थानेश्वर पन्थीले पनि मैले तिम्रो ५/६ लाख चलाउँदाखेरि के फरक पर्छ ? अब पैसा तिम्रै हो, मेरै हो । सबै पैसा लग्यो भने ब्याज पर्छ । लगेन भने ब्याज पर्दैन । त्यतिमात्रै हो, अरु केही पनि बुझ्नुपर्दैन भन्यो मलाई । उनीहरुले चलाए मेरो पैसा पनि । के गर्नु म अनपढलाई उनीहरुले फसाइदियो । मैले पैसा अन्त गनेको पनि होइन । मैले पैसा बैंकभित्र नै निकाल्दै उनीहरुलाई गन्दै, उनीहरुलाई आधा चलाउन दिएको हुँ, मलाई आधा दिन्थ्यो । त्यस्तो ग-यो त्यत्रो पैसामा । सबैलाई थाहा छ अझ कुनै बेला त चेक त उनीहरुकै हातमा हुन्थ्यो । त्यस्तो गथ्र्यो मलाई । अहिलेचाहिँ एकैचोटि अब उनीहरुले पैसा चलाए मेरो घर सम्पत्तिचाहिँ लिलाममा निकाल्यो । उनीहरुलाई पैसा तिर भन्दाखेरि चाहिँ कहिलेको पैसा, केको पैसा हँ भन्छन् मलाई । बैंकभित्रै गनेको पैसा त मलाई उनीहरुले त्यस्तो गरिदिए ।
थानेश्वर पन्थीले पहिला सुरुमा मलाई उसले गलैंचा ल्याऊ भन्यो । मैले अहिले म गलैंचा दिन सक्दिनँ, पछि दिउँला भनेँ । तिमीले गलैंचा नदिने भए मैले पनि लोन पास गरेर दिन्न भनेर उसले भन्यो । सुरु सुरुको कुरा योचाहिँ । लोनमा मैले घरजग्गा राखेर लोन लिने हो, धेरै लोन म लिन्नँ । तर उसले जति चाहिए पनि जे चाहिए पनि लोन दिने/नदिने मेरो हातमा छ भन्यो । त्यसो भनेपछि उसले गलैंचा दिन नसके पनि एकचोटि भेट न त भन्यो । अनि मैले मेरो दाइ (आफ्नै दाइ होइन, लालधोर्जे) थियो, त्यसले पनि जे होस् २१/२५ लाख लोन निकालेको छ । त्यसले र मैले निकाल्दाखेरि पनि उनीहरुले मेरो तीन लाख खाइदियो । उनीहरुलाई पर्सेन्ट दिनुपथ्र्यो । थानेश्वर, रमेश र गेहनाथलाई पर्सेन्ट दिनुपथ्र्यो । अनि डाइभर भाइचा महर्जन तिनीहरु सबैलाई पैसा दिनुपथ्र्यो । त्यसको पनि तीन लाखजति खाइदिएको छ । पैसाचाहिँ मेरो हातमा दिन्थ्यो, उनीहरुलाई मैले दिन्थेँ । अनि चक्रपथभन्दा उता वसुन्धारा आइज भन्यो । मैले तपाईंको पैसा निकाल्नु छ, म एक्लै डर लाग्छ तपाईं र म जाऊँ न त भनेर दाइलाई पनि भनेँ । अनि दाइ र म गयौँ । दाइलाई चाहिँ रमेश भट्टराईले बोलाएर उतापट्टि लग्यो । अनि मलाई थानेश्वर पन्थीले यताको साइड लग्यो । जे होस् जानचाहिँ दुई जना गयौँ हामी । दाजुबहिनी जाँदाखेरि दुवै जनालाई छुट्टाछुट्टै लग्यो । अनि मैले थानेश्वरलाई कहाँ लाने सर भनेँ । उसले चिसो खाने तिमीलाई चिसो खुवाउने भन्यो । मैले चिसो नखाने भनेँ । उसले खाऊँ कि खाऊँ भन्यो । दाइ र रमेश भट्टराई कुरा गर्दैै छ भनेर थानेश्वरले मलाई भन्यो । मलाई त एकछिन चिसो खाने भनेर उसले त सुइँँअँ रानीवनको जंगल लगेर गयो । बालाजुभित्र उता जंगलतिर । त्योभित्र लगेर गयो । यसो हेर्दाखेरि बाहिरतिर फाटफुट किराना पसल रहेछ । तर मैले किन यहाँतिर आएको दाइ भन्दा उसले एकछिन चिसो खाने, यहाँ मेरो जग्गा छ, जग्गा देखाउने मेरो पनि, अलिकति घर बनाउन थालेको छु, लोन निकाल्न थालेको भन्यो । होला नि त भनेर त्यसले त्यस्तो ठाउँमा लग्यो । यसो हेरेको त किराना पसल रहेछ । बाहिरबाट हेर्दा त केही छैन त्यस्तो । लज होटेलजस्तो केही छैन । त्यसले भित्र बोलायो । मुनिचाहिँ भ-याङ रहेछ । कोठा रहेछ । मुनि सानो–सानो पलङ÷बेडहरु रहेछ । उसले डाइरेक्ट नै मलाई त्यो कोठामा लगेर गयो । अनि मैले दाइ मलाई किन यो कोठामा भनेको त । डराउनुपर्दैन एकछिन चिसो खाने हो भन्यो । मेरो आफन्तको घर हो भनेर झुक्यायो । त्यसपछि मलाई शंका लाग्यो कि यसले मलाई नराम्रो गर्नथाल्यो भनेर । अनि मैले दाइ के गर्नखोजेको यस्तो भनेर भन्दाखेरि पछि तिमीलाई केही गर्न खोजेको होइन । तिमी मेरो कुरो मान्ने कि नमान्ने भन्यो । मैले तपाईंको केही कुरा, नराम्रो कुरा मान्दिनँ भनेँ । राम्रो कुरा सबै मान्छु सर मलाई छोडिदिनु भनेर मैले बिन्ती गरेँ ।
मैले उसको खुट्टा ढोगेँ । कति बिन्ती गरेँ मलाई छोडिदिनु भनेर । उसले जबर्जस्ती गर्नखोज्यो । जबर्जस्ती गर्न खोजेपछि म जुधेँ । ऊसँग मैले सक्दो जुधेँ । अनि उसले मलाई दुई झापड पनि हिर्कायो । दुई झापडपछि मेरो फिलामा हिर्कायो । अनि उसले मलाई नराम्रो काम ग-यो । सुरुवाल फुकाल्यो, कट्टु फुकाल्यो, नराम्रो काम ग-यो, नराम्रो काम गरेपछि म रोएको थिएँ । उसले तिमीले हल्ला ग-यो भने तिम्रै बेइज्जत हुन्छ, हल्ला गरेन भने तिम्रै इज्जत बच्छ भनेर धम्क्यायो । मैले म त हल्ला गर्छु भनेँ । हल्ला गर्छ भने तिम्रो घर लिलाम गरिदिन्छु । तिमीलाई पाउनुपर्ने सुविधाहरु प्नि म केही दिँदैन भनेर मलाई त्यस्तो भन्यो । घर लिलाम गरिदिन्छु भनिसकेपछि म चुप लागेर बसेँ । मैले यो कुरा दाइलाई पनि भन्न सकिनँ । त्यहाँबाट म छुटेँ । गएँ अनि ऊसँग एकैचोटि म, उसले मलाई फोन गरेको गरै गथ्र्यो । मैले फोन नै उठाइनँ । पछि म ब्याज तिर्न गएँ । जाँदाखेरि उसले तिमी रिसाको ? भनेर सोध्यो । मैले किन रिसाउने ? अपराधीको काम एक दिन न एक दिन त थाहा भइहाल्छ नि । मजस्तो अनपढ गवारलाई तपाईंले त्यस्तो ग¥यो तर यो कुरा एक दिन न एक दिन त खुल्छ नि मैले भनेँ ।
तिमी किन यस्तो कुरा बेसमारी भन्छ ? भन्यो । मैले आज मेरो मुख बन्द छ । मेरो छोराले मार्छ । बुढाले मार्छ । आज पो मेरो मुख बन्द भयो । भोलि अपराधीहरुलाई छोड्दिनँ । मैले त्यसो भनेपछि मलाई अपिसमै दुई झापड हिर्कायो । त्यसपछि म रोएर निस्किएँ । पैसा तिरेर मैले रमेश भट्टराईलाई भनेँ दाइ मलाई नराम्रो काम ग¥यो यिनीहरुले, यसले यस्तो यस्तो काम ग¥यो भनेँ । उसले कहिले ? भन्यो । के कुरा गर्छ यो त भनेर हाँस्दै भन्यो । मैले तपाईंलाई खुसी लाग्यो कि के हो भनेँ । मुखले मात्र दाइ भनेको हो, तपाईंले त मलाई अहिलेसम्म जिस्काएको पनि छैन । त्यो बैंकमा कारोबार गरेर ६÷७ वर्ष त्यस्तै भयो भनेको त । कुनामा लगेर रमेश दाइले यस्तो कुरा कसैलाई पनि नगर । यो कुरा म भोलिपर्सी बुझौँला भनेर भन्यो । कसैलाई नि नभन । चुप लागेर बस, भन्यो । अनि पछि म घरमा आएँ । रमेशलाई भन्यो भन्ने लागेछ होला । थानेश्वर, रमेश र डाइबर मेरो घरमा आए । डाइबरचाहिँ मुनि बस्यो त्यतिखेर डाइबरलाई केही थाहा थिएन । डाइबर भाइचा महर्जन मुनि बसेछ, त्यो दुईवटा चाहिँ माथि आएर मेरो बुढालाई यस्तो कुराहरु के–के सुनाउन आयो भनेर मेरो बुढालाई भनेछ । अनि ज्वाइँ खै त बहिनी भनेर सोधेछन्, बूढाले बहिनी कारखानामा छ भनेछ । के गरिराको कारखानामा भन्दा काम हेरिरहेको छ भनेर मेरो बूढाले भनेछ । ज्वाइँ बहिनीले के–के कुरा ग¥यो त तपाईंलाई ? भनेर बुढालाई सोध्दा बूढाले मलाई त केही कुरा गरेन भनेछ । अनि बहिनीको कुरा नसुन्नु है भनेर त्यसलाई जिस्कायो भने त ठट्टा एउटा गर्दा पनि मेरो सरलाई कत्रो आरोप लगाएछ भन्न गएछ ऊ त । अब एउटै अफिस भएपछि ठट्टा चल्छ नि त, भनेछ । मेन भनेको मैले उसलाई थानेश्वर पन्थीले मलाई यसरी बलात्कार ग¥यो भनेको थिएँ । जबर्जस्ती ग¥यो, मलाई यसरी पिट्यो, दुई झापड हान्यो भनेर मलाई भनेको त उसले त ज्वाइँ (सुरजको बाबु)लाई पो ठिक्क पार्नलाई गएको रहेछ । गएर पछि मलाई बैंकमा अनि ब्याज बुझाउनलाई म महिनापिच्छे नभए दुई महिनामा फेरि गएपछि उसले त ठूलो हाकिमलाई भनिदिएको रहेछ । ठूलो हाकिम र थानेश्वरहरु जिग्री र कति वर्ष सँगै काम गरेको रे । ठूलो हाकिम भनेको गेहनाथ पौडेल कृषि विकास बैंकको । त्यस्तो कुरा थाहा पाएपछि उनीहरुले मलाई अफिसभित्र नै ग¥यो । गेहनाथले यस्तो कुरा के सुन्छ त । यो सबै मान्छे जान्छ अनि भन्यो । होला नि त भनेर मान्छे नजाउन्जेल बसेँ । त्यो मान्छेले सबैले देखेको छ मलाई कुर्सीमा राख्यो, अरुसँग बोल्न दिएन, त्यो दुईवटासँग मात्रै बोल्नुपथ्र्यो । मलाई थर्काएर धम्काएर राख्थ्यो । रमेश भट्टराईलेचाहिँ लुकी–लुकी कहिले कहिले हेर्न आउँथ्यो । अनि त्यो दुईवटाले किन राख्यो भनेको त अनि उसले त तिमीहरु यस्तो यस्तो किन गरेको त बिचरा जबर्जस्ती भन्यो । उसले मानिहाल्छ जबर्जस्ती गर्नैपर्ने थिएन नि । बिचरा मान्छ पो भन्यो । टीकामाया गोलेले तपाईंको कुरा मान्छ पो भन्छ । गेहनाथ पौडेलले यसो भन्यो । कुरा ठिक्क पारेर भन्यो मेडम तिमीलाई घरको चिन्ता छ कि ज्यानको चिन्ता छ कि भन्यो मैले केहीको चिन्ता छैन भनेँ । मलाई मेरो सम्पत्तिको टेन्सन छ नि । तपाईंहरुले गर्दा ….
अनि मेरो सम्पत्ति खान थाल्यो । थानेश्वर पन्थीको कुरा सुन्, मेरो कुरा सुन् भन्यो । त्यहाँबाट त उनीहरु दुईवटै मिलेर जति चिच्याएजस्तो गरे पनि सबै बन्द गरिसकेको थियो । त्यो हाकिमको कोठा त छुट्टै छ । सोफासेटहरु छुट्टै छ । अनि त्यो कोठामा त्यो दुइटै मिलेर मलाई जबर्जस्ती ग¥यो । मलाई दुईचोटि जबर्जस्ती ग¥यो । त्यसपछि म कति रोएको थिएँ । उसले अब नरोऊ, तिमी घर जाऊ तिमीले हाम्रो कुरा मानेपछि केही हुँदैन । तिम्रो पैसा यिनीहरुले चलाएको पैसा पनि फिर्ता हुन्छ । तिम्रो घर पनि फुकुवा गर्दिन्छ । हाम्रो हातमा छ ब्याज जति हाने पनि हुन्छ । बाहिर आवाज उठायो भने तिम्रो घर लिलाममा पठाइदिन्छु । हाम्रो कुरा सुन्यो भने एघार बाह्र पर्सेन्ट ब्याज हान्यो, सुनेन भने जान्छ २५ पर्सेन्ट जान्छ, ३० पर्सेन्ट जान्छ । अनि मलाई त्यस्तो ट्र्यापमा पा¥यो तर म सहेर बस्यो भने ….
थानेश्वर र गेहनाथ भएर मलाई त्यहाँभित्रै त्यस्तो ग-यो । मलाई चार पटक त्यो भित्र ग-यो । यति कुरा मान्छेले पत्याउँदैन भने दूधको दूध पानीको पानी हुनलाई त्योभित्र सिसी क्यामेरा हुन्छ । मेरो पैसा लिएको पनि त्यहीँ भित्र हो । मैले कहीँ पनि गनेको होइन पैसा लिनलाई । त्यस्तो शारीरिक सम्बन्ध तिनीहरुले जबर्जस्ती गरेको पनि मलाई त्यही अफिसभित्र गरेको छ । पैसा लिएको बैंकभित्र मुनि अनि तिनीहरुले त्यस्तो गरेको माथि । सोफासेट छ त्यहाँ । दुई जनाले पालैपालो गथ्र्यो मलाई । म चिच्याएर के गर्ने ? उनीहरुलाई मन्त्रीको पावर छ । यत्रो ठूलो मान्छे छ । कुनचाहिँ मन्त्रीको यताउता छ भन्छ । मैले किन त्यस्तो अन्याय अत्याचार भयो भनेपछि मैले यस्तो कुरा उनीहरुको तीन वर्षसम्म अत्याचार सहेर बसेँ । मलाई तीन वर्षसम्म उनीहरुले अन्याय अत्याचार गरे । पोखरा, नारायणगढ उनीहरुले मलाई जति रात भए पनि मेरो इच्छाविपरीत उनीहरुलाई जहाँ इच्छा लाग्यो, त्यहीँ लान्थे । मलाई किन यस्तो मजबुर पा¥यो भनेदेखि उनीहरु मेरो घरमै आउँथे । घरमै आएर मेरो बच्चालाई उनीहरुले नराम्रो गर्न खोज्थ्यो । मेरो बूढोलाई नराम्रो गर्न खोज्थ्यो । नपत्याए गाउँमै गएर सोध्नुु मेरो बूढो घर बाहिर नै ननिस्की बसेको थियो । गाउँलेले के भयो भनेर सोध्थे । किनकि मेरो बूढोलाई त्यस्तो विधि टर्चर दिन्थ्यो । डाइबर आउँथ्यो बच्चा घुमाउन लैजान्थ्यो । मलाई चाहिँ अरु नराम्रो कुराहरु के–के गर्न लगाउने अनि उनीहरुको कुरा नमानूँ भने बच्चा घरमा नआइपुुग्ला भन्ने डर थियो । त्यसैले उनीहरुले जे–जे भन्यो त्यही मान्थेँ मैले । म विवश थिएँ । लास्ट–लास्टतिर चाहिँ उनीहरुले त्यसो गरेपछि डाइबरले मलाई कागज पनि बनाएको छ । थानेश्वर पन्थीले मलाई जबर्जस्ती कागज बनाएको छ । डाइबरले दुुईचोटि कागज बनाएको छ मलाई । मैले एक रुपैयाँ पैसा पनि लिएको छैन डाइबरसँग । यदि मैले खाको छ भने बैंकको चेक देओस् । अथवा त्यत्रो २४ लाख पैसाको मलाई कागज बनाएको रहेछ । त्यो भाइचा महर्जनले म अनपढ गवार पढाइ लेखाइ छैन । मलाई सुुइँ–सुुइँ मालपोतमा लाँदै कागज गराउँदै । मेरो घरमा आएर पनि बनाएछ । मलाई थाहै छैन । कागज मलाई लेप्चो लाइदेऊ रे बैंकको कारोबार होला भनेर मैले कागज गरिदिएँ । उनीहरुले चाहिँ त्यत्रो पैसा खाएको छ । मलाई उल्टो ऋणी बनाएको रहेछ । थानेश्वर पन्थीले पनि मलाई कागज बनाएको छ । मैले केही गरेको छैन । बच्चाचाहिँ भाइचा महर्जनले लान्छ । मलाई केही गरेको छैन । बलात्कार गरेको छैन । मलाई सुताएको छैन भन्नुहुन्छ रे ठूला ठूला हाकिमहरुलाई । उनीहरुको गल्ती केही छैन भन्न लाउँथ्यो ।
म पुलिसमा पनि गएको हुँ । चार महिना पाँच महिना मैले पुलिसमा धायो । पुलिसले पनि मलाई तिनीहरु अपराधीहरुलाई ठीक पार्छु, तिनीहरुले गरेको गल्तीको सजाय पाउँछ, भन्थ्यो । भरे दुुई जना रमेश भट्टराई र गेहनाथ पौडेल भागेछ । भाइचा महर्जनलाई समातेछ । एक दिन थुुन्यो त्यहाँबाट त छोडिहाल्यो । त्यसपछि रमेश भट्टराईले मलाई उनीहरुले फकाएको थियो । यो कुराहरु नगर ३० लाख दिउँला भन्थ्यो । यो कुरा कसैलाई हल्ला नगर ३० लाख थाप । उनीहरुले फकाएको प्रमाण पनि मसँग छ । भिडियो पनि मसँग छ । कसैलाई मलाई बलात्कार ग-यो भनेर नभन रे । मलाई ३० लाख दिन्छु रे । मैले किन चुप लागेर बस्ने ? जाबो त्यत्रो सम्पत्ति त तिमीहरुले खाइदियौ भने मैले चुप लागेर किन बस्ने ? मलाई त्यसपछि रमेश भट्टराईले चाहिँ तिमीले ३० लाख थापेन, कि पुलिसले खान्छ कि वकिलले खान्छ । ठीकै छ । अब तिम्रो जाबो त्यो कुरो कसैले पनि पत्याउँदैन । त्यो भिडियो देखाएर के हुन्छ ? राम्रोसँग केलायो भने त तिमी नै फस्छ त्यो भिडियोमा भनेर भन्यो । मैले कसरी फस्छु भनेको त उसले तिम्रै मोबाइलबाट खिचेको छ तिमीलाई बच्चाले आमा भन्दैन, तिमीलाई दाइले घृणा गर्छ । समाजले घृणा गर्छ । भनेर मलाई तर्साउँथ्यो । जस्तो भए पनि धनीको मात्रै पावर छ । तिमी यस्तो हल्ला नगर । यो हल्ला गर्नासाथ मेरो पनि ढुकुुटीको कुरो निकाल्ला । ढुकुटीको कुरो निकाले मलाई पनि अप्ठ्यारो पर्ला । मेरो मुख भए पनि ए भन्थ्यो । अनि ढुुकुुटी खेलेको कुरा खेलेको भन्नलाई के भयो त ? साँचो कुरा गर्नलाई के भयो त भनेर मैले रमेश भट्टराईलाई भन्दा ऊ पनि मलाई फकाउन आएको आयै गथ्र्यो । ठूलो हाकिमलाई बचाउन खोज्दो रहेछ उसले । मैले भनेँ, मलाई मुखले बहिनी भनेर तेरो हाकिमलाई बचाउने ?
पुलिसले पहिलाचाहिँ यो गर्छु ऊ गर्छु भन्यो तर पछि कसैलाई भेट्टाएन । भिडियोहरु सबै सबै लियो । मलाई टिभीमा निकाल्छु रे । पत्रिकामा निकाल्छु रे । सुदिप पाठक कि के भन्ने रहेछ त्यसले एसएसपी सर्वेन्द्र खनाल कि के भन्ने रहेछ त्यसलाई भेटाइदिएको थियो । सर्वेन्द्र खनालले अब नरुनु यताउता भनेर मलाई यस्तो भन्यो । अब अपराधीहरुलाई सजाय मिल्छ । जसरी नि कारबाही गर्नुपर्छ । तपाईंलाई अन्याय परेको छ । भन्यो । मैले भनेँ, मेरो पैसा पनि त्यत्रो पैसा पनि खाएको छ सर भनेँ । उनले हुन्छ त्यो सबै निस्किन्छ भनेर भरे त मलाई त तिनीहरुले समातेर के ग¥यो कस्तो ग¥यो भन्यो । मैले नथापेको पैसा पुुलिसले थाप्छ भनेको थियो । सुुदिप पाठक भनेको त्यहाँको इन्स्पिेक्टर अपराध महाशाखाको । उसलेचाहिँ जे होस् जसरी नि दिदीले न्याय पाउँछ भनेको थियो । पछिदेखि त किन आएको जा जा जा केही पाउने छैन, केही न्याय पाउनेवाला छैन । तपाईंचाहिँ नराम्रो मान्छे रहेछ । तपाईंचाहिँ नराम्रो केटी रहेछ । दिदीचाहिँ नराम्रो रहेछ भनेर मलाई भन्यो । अनि उसले (सर्वेन्द्र खनालले) पनि मलाई कराइदियो । मलाई कस्तो कराएको थियो । यत्रो यत्रो ठूलो मान्छेहरु त्यो गर्दाखेरि तिमीलाई एक जना लिएर आउनुपर्दैन ? यत्रो ग्याङ देखाउने हो ? गाला फुट्ने गरी दिन्छु भनेको थियो मलाई । सर्वेन्द्र खनालले यत्रो अफिसको मान्छेले पनि बलात्कार गर्छ ? भनेर मलाई उल्टै तिमीले नै पो फसाएको रहेछ । गर्न त गरेको रहेछ, तिमीले नै फसाएको रहेछ । मैले फसाएको भए मेरो त्यत्रो सम्पत्ति खाइदिन्छ त तिनीहरुले ? खाँदै खाँदैन नि ! मलाई त बोेल्नै नदिने नि । पुुलिसले त विश्वास नै नगर्ने । मेरो बूढाले भनेको थियो – पुलिसको त विश्वास नै नगर । पुलिसले त तिमीलाई उल्टो बनाउँछ भोलि गएर । बेक्कारमा हाम्रो बदनाम मात्रै हुन्छ । उनीहरुको धनीको रातारात कुरा मिलाउँछ । अब तिनीहरु दुुईवटा लिन त मन्त्रीको पीए आएको अरे । कति मान्छे आएको । मैले त चिन्दैन । उनीहरुले भनेको थियो – तिम्रो केही नापिँदैन । थानेश्वर पन्थीलाई भाइचा महर्जनलाई थुनेको थियो त्यहाँ ।
मलाई त पुलिसहरुले त्यहीँ पिटुुँलाजस्तो ग-यो । के गर्ने त अब ? तिनीहरुलाई एक दिन थुुनेको रहेछ । मलाई चाहिँ दुुई दिन भन्यो । मैले पछि त्यहाँ सोध्दाखेरि चाहिँ एक दिन थुुनेको रे तिनीहरुलाई । एक दिन थुनेर उनीहरुले मलाई भेटाउँदा पनि भेटाएन । मलाई देखाउँदा पनि देखाएन । भाइचा महर्जनले हाकिमहरुले चाहिँ गरेन मैलेचाहिँ ग¥यो भनेको रे ! मलाई त्यो कुरा सुनाउँदै थियो । मलाई भाइचा महर्जनले जबर्जस्ती गरेको भिडियोचाहिँ भाइचा महर्जनसँगको हो । उनीहरुले नै खिचेको भिडियो हो त्यो । यही भिडियो देखाएर त मलाई कतिचोटि गरे । कतिचोटि जबर्जस्ती मलाई ग¥यो । कति ठाउँमा लगेको छ । मैले पुलिसमा देखाएको छ त अनि । यही भिडियो देखाउँदै मलाई कतिचोटि जबर्जस्ती सुतायो । कागज देखाउँदै मलाई भाइचा महर्जनले कति ठाउँमा सुताउन लाने गथ्र्यो । मैले चिन्दै नचिन्ने मान्छे भएको ठाउँमा मलाई निद्राको औषधि खुवाएर छोरा मान्छेलाई जुन दवाइ खाएर सेक्स ढिलो हुन्छ नि अलि लामो समयसम्म हुन्छ नि, उनीहरुले त्यो दवाइ खाएर मलाईचाहिँ निद्राको औषधि खुुवाएर तिनीहरुले मलाई त्यस्तो गरी गथ्र्यो । त्यस्तो बूढाले त्यसरी दवाइ युुज गथ्र्यो । मैले यो भिडियोचाहिँ पहिलाचाहिँ त यो भिडियो मलाई देखाउँदै मलाई सुताउँदै लान्थ्यो, अनि पछिचाहिँ मलाई अरु मान्छेले कसरी कसरी लिएर आयो । उनीहरुले यो फ्ल्यास गरिदिऊँ कि भन्न आएको थियो ।
मैले गरे गर भनिदिएँ । तिनीहरुले मलाई गर्नु ग-यो अब तिमीहरु पनि त्यही गर्न आयौ हैन भनेँ । मैले फ्ल्यास गरिदिनु न त अनि के हुन्छ ? मैले भनेँ, यो हाकिमहरुले मलाई गर्नु गरे, अब अरु पनि निस्कियौ ? भनेर मैले त्यसो भन्दाखेरि दिदी नत्र म त फेसबुकमा हालिदिन्छु, पूरा फ्ल्यास गरिदिन्छु नभए पैसा दिनु अरे भनेर भने । पैसा कति भनेको त (चार जना केटा आएका थिए) पुस माघको बेला हो, हुक्स लगाएका थिए । कालो ज्याकेट, खैरो ज्याकेटहरु लगाएका थिए । पल्सर बाइकमा आएका थिए । ग्रिन भिलेजको यतापट्टि आएका थिए । तिनीहरुले मलाई २०÷२५ लाख पैसा मागे । एउटाले त कहाँको २०/२५ लाख, ३० लाख भन्दै थियो । मैले पैसा त मसँग छैन भनिदिएँ । पैसा ठीक पार्नु, म फेरि भेट्छु, अबचाहिँ पैसा बोक्नुसम्म भन्यो । पैसा बोक्न भनेपछि मलाई यति निद्रा लागेन मलाई कस्तो पीर भयो । मरुँ भने बच्चा दुईवटा छ नमरुँ भने यस्तो पीर । भएन भनेर मैले बैंकबाट निकालेको पैसा थियो नौ लाख रुपैयाँ, त्यो पनि अलिकति बाँकी थियो । अफिसबाट पनि पैसा निकालेको थियो दशैँमा । त्यो पैसा उनीहरुलाई दिएँ । घर फिनिसिङ गर्ने भनेर राखेको पैसा कारखानाका मान्छेलाई दुईचोटि दिएर पठाएको । साढे १६ लाख दिएर मैले त्यो भिडियो डिलेट गरेको । भिडियो थुप्रै थियो उनीहरुसँग । भाइचा र थानेश्वरलाई तीज आउनु दुई/तीन दिनअघि त्यतिखेर समातेको हो । दर खाने अघिल्लो दिन उनीहरुलाई छोडेको हो । यिनीहरुसँग भिडियो थुप्रै छ । भूकम्पअगाडि चाहिँ तिनीहरुले मलाई भेटिरहेको थियो ।
यस्तो कुराहरु नगर । नफैलाऊ भनिरहेको थियो मैले त जहाँ भए पनि जसरी नि बोल्छु, मेरो त त्यत्रो सम्पत्ति पनि गयो, म त जहाँ भए पनि बोल्ने हो, तिमीहरुलाई सजाय दिलाउन पाएँ भने मलाई केही पनि चाहिन्न । गर्ने बेलामा मलाई जबर्जस्ती मनपरी ग-यो तेरो अफिसले । मनपरी लजमा लगेर ग¥यो । अहिलेचाहिँ मसँग दुनियाँथरि कुरा गरेर बस्छ भनेर मैले भनेँ । मलाई फकाउन बोलाएको रहेछ । फकाउनलाई उनीहरुले बारम्बार बोलाइरहन्थ्यो । रमेश भट्टराईहरुले भूकम्प अगाडिसम्म फकाइरहेका थिए मलाई । अहिले धम्क्याउने आदि चाहिँ गर्दैन तर नचिन्ने मान्छेहरुचाहिँ तिनीहरुले लगाइरहेको रहेछ । सरकारले पुलिस प्रशासनले मलाई राम्रोसँग हेरिदिएको भए, मेरो त्यति धेरै पैसा खाएको छ, पैसा चलाएको छ, तर पुलिसले हेर्दैन अब । भाइचा महर्जनले चाहिँ उल्टो मलाई मुद्दा दिने कुरा गर्छ । मेरो बूढोले धम्क्यायो रे, मेरो बच्चाले गाली बेइज्जत ग-यो रे ! भनेर गाली बेइज्जतीको अनि त्यही कागजको मुद्दा हालिदिएको छ । भाइचा महर्जनले त कागज देखाई देखाई मलाई जबर्जस्ती गरेको हो । भाइचा महर्जन त कतिचोटि केटा लिई मेरो घरमा आयो । मेरो बूढा यतिकै पागलजसरी बस्दैन, अहिले तपाईंहरु हेर्न जानु त्यो मान्छे पागल हो कि सज्जन हो, त्यसरी बसिरहेको छ । किनकि कस्तो टर्चर दिएको ! भाइचा महर्जन, रमेश भट्टराई, अनि अहिले गेहनाथचाहिँ मेरो घरमा आएको छैन । एकचोटि दुई वर्षअगाडि मेरो घरमा आयो रे ! दुई तीनचोटि मलाई खोज्न गयो रे ! म भेट भएन । त्यतिखेर पछि मान्छेहरुले भन्थ्यो । ठूलो हाकिमहरु पनि आयो भन्थ्यो । के हो म गएको थियो, भेटेन भनेर गेहनाथले पनि कराउँदो रहेछ । रमेश, थानेश्वर त्यो दुईवटा चलाख भएरचाहिँ धम्क्याउनचाहिँ धम्क्याएन रे ! मेरो बूढालाई फकाउँदो रहेछ । अनि त्यो डाइबर लगाएको रहेछ, थर्काउनचाहिँ । डाइबरचाहिँ त्यो गाउँले सबैले देखेको छ । म यो नारनटार अर्याल गाउँमा बसिरहेको छु ।
मेरो बूढोकै अगाडि त्यसो गरेपछि थाहा कस्तो थाहा नहुने नि ? मैले बूढोलाई सुनायो मलाई यिनीहरुले यस्तो गर्न लैजाँदो रहेछ, यिनीहरुले मलाई सुताउन लाँदो रहेछ भन्दाखेरि मेरो बूढोले त्यस्तो नगर भन्दा भाइचा महर्जनले हात हाल्यो मेरो बूढोलाई । त्यो बैंकको गाडी नै मेरो लागि जतिखेर पनि तिनीहरुले लिनलाई पठाउँथ्यो । मेरो बच्चा यताउता लाने पनि त्यही बैंक हो । म अहिले माइती नेपाल पनि गइरहेको छु । मैले सकेसम्म तिनीहरुलाई चाहिँ छोड्दै छोड्दैन । बरु यसै नभएको उसै नभएको मैले तिनीहरुलाई छोड्दै छोड्दैन । लास्टमा उपाय पाइनँ भने म तिनीहरुलाई … । लास्ट स्थिति त त्यस्तै हो । -आर्थिक दैनिक