×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कपिलवस्तुका नाकाबाट निर्वाध तस्करी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कपिलवस्तुका नाकाबाट निर्वाध तस्करी

१६ पुष २०७२, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

कपिलपस्तुको मुख्य भन्सार नाका कृष्णनगरसहित एक दर्जन नाकाहरूबाट निर्वाध तस्करी भइरहेको छ । भारतको नाकाबन्दी र तराई बन्दका कारण यी नाकाबाट तस्करी मौलाएको हो । नाकामा मधेसी मोर्चाले कहिले अवरोध गर्ने त कहिले खोल्ने गरिरहेका छन् । कृष्णनगर भन्सार कार्यालयका अनुसार जिल्लामा एक प्रमुख र ९ साना नाकाहरू रहेका छन् । त्यसमध्ये मर्यादपुर, चाकरचौडा भिल्मी र हरिहरपुर मात्र सञ्चालनमा रहेका छन् । खुलेका नाकाबाट भने सामानहरू भन्सार नतिरी गैरकानुनी रूपमा नेपाल ल्याइने गरिएको छ । ४ वटा छोटी नाकामध्ये सुठौलीबाहेक अन्य नाकामा भन्सार राजस्व शून्य नै रहेको छ । 
कृष्णनगरमा गरिएको अवरोधपछि सुठौलीमा मात्र राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । तस्करहरूले ती नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ ओसार्ने गरेका छन् । मर्यादपुरमा पसल सञ्चालन गर्दै आएका श्याम गुप्ताले भारतीय बजार खनुवा र सोहरतगढमा नेपालीको भडी लाग्नेगरेको बताए । ‘खनुवा बजार दिनहुँ पूरै नेपालीले ढाकिन्छ, खुट्टा टेक्ने ठाउँ पनि हुँदैन,’ गुप्ताले बताए । अहिले सीमावर्ती मात्र होइन, जिल्लाको उत्तरी क्षेत्रका नेपाली खनुवा बजारमै भेटिने उनले बताए । पैदल, साइकल र मोटरसाइकलमा ल्याइने सामानलाई भारतीय र नेपाली सुरक्षाकर्मी दुवैबाट अवरोध नगर्ने उनले बताए । 
नेपाल र भारत दुवैतर्फका धेरै मानिस अहिले तेल तस्करीमा संलग्न रहेको उनले बताए । कृष्णनगरसहित नौवटै नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका युनिट छन् । बन्द र नाकाबन्दीपछि आमउपभोक्ताहरूको भारतीय बजारमा चाप बढेको कृष्णनगर भन्सार कार्यालयका प्रमुख धु्रवबहादुर विश्वकर्मा बताउँछन् । अवरोधका कारण मालबाहक गाडीहरू साना नाकाहरूबाट आउन नसकेको उनले बताए । लुकीछिपी भने भारतबाट माल भित्रिएको हुन सक्ने बताए ।
‘नाकाबाट वैधानिक ढंगले आउने सामानको मात्र हामीले भन्सार तिराउन सक्छौँ, चोरीतस्करी गरी लुकाएर लगिने सामान हाम्रो बसमा हुँदैन,’ उनले बताए । तस्करी नियन्त्रणका लागि योजनाबद्ध ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । कपिलवस्तु जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बन्द र नाकाबन्दीपछि भारतको खुनुवा र चाकरचौडा बजारमा नेपालीको भीड लाग्ने गरेको बताए । 
‘प्रशासनले चोरीतस्करी नियन्त्रणका लागि कदम चाल्नेछ,’ उनले भने । देशमा तेल र उपभोग्य सामग्रीको अभाव भएको वर्तमान अवस्थामा सीमानाकाहरू धरै कडाइ गर्न त्यति सजिलो भने नहुने उनको भनाइ छ । नाका खुलेको ३ दिनमै ४ करोड राजस्व मधेसी मोर्चाको अवरोधका कारण गत मंसिर २१ देखि बन्द कृष्णनगर भन्सार नाका शुक्रबारदेखि पुन: सञ्चालनमा आएको छ । देशका प्रमुख १० नाकामध्ये एक कृष्णनगर भन्सार सुचारु भएसँगै भारतमा रोकिएका मालबाहक ट्रक धमाधम भित्रिएको भन्सार कार्यालय प्रमुख ध्रुवराज विश्वकर्माले बताए । अवरोध हटेपछि ३ दिनमै ३ सयभन्दा बढी मालबाहक गाडी भित्रिएको विश्वकर्माले बताए । 
नाका खुलेको ३ दिनमै सो भन्सार कार्यालयबाट ४ करोड रुपैयाँभन्दा बढी राजस्वसमेत उठेको छ । यसबीचमा सिमेन्टको कच्चा पदार्थ, कोइला, चामल, टायल्स, खसीबोका, मेसिनका पाटपुर्जालगायतका सामग्री भित्रिएको विश्वकर्माले जानकारी दिए । भारतीय उखु बोकेका ट्रकहरूसमेत नाकाबाट भित्रिएको उनले बताए । -नयाँ  पत्रिका  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी