×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्लास्टिकको झोला प्रतिबन्ध कार्यान्वयन भएन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्लास्टिकको झोला प्रतिबन्ध कार्यान्वयन भएन

Artha Sarokar

२० पुष २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारले नयाँ वर्षदेखि प्लास्टिकको झोला प्रतिबन्ध भएको घोषणा गरे पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

काठमाडौँ उपत्यकामा प्लास्टिक झोलाको कारणले प्रदूषण बढेको भन्दै सरकारले नयाँ वर्षदेखि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएकोे थियो । भूकम्प र त्यसपछिका परकम्पले अनुगमनमा बाधा पुर्‍याएको लगत्तै भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले इन्धन अभाव भएर काम गर्न नसकिएको विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिव महेन्द्र गुरुङले जानकारी दिए ।

गुरुङले उद्योग मन्त्रालय, नेपाल प्रहरी र अनुगमनका प्रतिनिधिलाई जानकारी गराएर अनुगमनको काम चाँडो अगाडि बढाइने बताए ।

उनले अहिले पनि धेरथोर प्लास्टिकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको र जफत गरिएका प्लास्टिकलाई परिणामका आधारमा पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न लगाएको बताए । यस्तै मन्त्रालय काठमाडौँ उपत्यकाको धुवाँ, धुलो कम गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग सहकार्य गरेर अगाडि बढ्ने भएको छ ।

उनले काठमाडौँको वातावरणका बारेमा जानकारी लिन काठमाडौँका चोक चोकमा नियमन गन यन्त्र राख्न लागिएको जानकारी पनि दिए । रासस 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी