×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिसोले जनता मर्न थालेपछि सरकारको आँखा खुल्यो, १० दिन भित्र सबै भूकम्प पिडितलाई १० हजार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चिसोले जनता मर्न थालेपछि सरकारको आँखा खुल्यो, १० दिन भित्र सबै भूकम्प पिडितलाई १० हजार

Artha Sarokar

१८ पुष २०७२, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चिसोका कारण उल्लेखनीय संख्यामा जनताको मृत्यु भएको खबरपछी सरकार सरकारले १० दिन भित्रमा भूकम्प पीडित प्रत्येक परिवारलाई १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । गृहमन्त्रालय अन्तर्गतको केन्द्रीय आपतकालीन सहायता सञ्चालन केन्द्रले बढिमा १० दिन भित्रमा यो रकम  न्यानो कपडा किन्नका लागि उपलब्ध गराउने निर्णय गरेको हो ।  
चिसोका कारण भूकम्प पिडित जनताको मृत्यु भएको खबर दिनानुदिन आउन थालेपछि यस्तो  निर्णय गरिएको  हो ।  सरकारले बुधबारसम्ममा भूकम्प पीडितलाई दुई अर्ब २५ करोड ७३ लाख रुपैयाँ वितरण गरिसकेको गृह मन्त्रालयले जनाएको छ ।
सरकारले पीडितका लागि आवस्यक रकम लैजाँदा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकाय परिचालन गर्ने निर्णयसमेत गरेको छ । अहिलेकै स्थितिमा दुर्गम तथा हिमाली क्षेत्रमा सडक यातायातमार्गबाट राहत रकम पुर्‍याउन कठिन छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी