
एमालेको राजनीतिमा झन्डैझन्डै ओलीकै समकक्षी भनेर चिनिने नेतृ शान्त मानवीलाई एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मन्त्री बन्न अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाए । शुरुमा उनलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिने भनिएको थियो । तर उनलाई लामो समयसम्म कुनै जिम्मेवारी तोकेनन् ओलीले ।
पछिल्लो पटक साना दलका तर्फबाट मन्त्रि बनाउन्दा शान्ता मानवीलाई शान्त तथा पुनर्निर्माण मन्त्रालयको जिम्मेवारी दिए । तर मात्र एक रातका लागि । ओली भोलीपल्टै उनलाई सो जिम्मेवारीबाट हटाएर कृषि विकास मन्त्रालय टुक्र्याएर कृषि विकास मन्त्रालयबाट टुक्र्याएर हस्यास्पद रुपमा बनाइएको पशु विकास मन्त्रालयमा सरुवा गरेर शान्ति मन्त्रालयको जिम्मेवारी संसद्मा केवल दुई सिटमात्र भएको परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई सुम्पिए । संयुक्त सरकार भएकाले ठूलो पार्टीले सो मन्त्रालय मागेको भए पनि ओलीले बाध्य भएर आफ्नै पार्टीको त्यो पनि आफ्नै समकक्षीको अपमान हुने गरी हटाउँदा स्वभाविक हुन्थ्यो होला । तर दुईसिटे पार्टीका नेतालाई ओलीले शान्ति मन्त्रालयको जिम्मा दिएर पार्टीभित्रकै समकक्षीको अपमान गर्दा यो घटना रहस्यमय बनेको एमालेहरुले नै बताउन थालेका छन् ।
सुत्रहरुका अनुसार शान्ति मन्त्रालयको जिम्मेवारी ढकाललाई दिइनुका पछाडी शक्ति केन्द्रको दबाव र आर्थिक चलखेल कारण रहेको छ । कोरियन संस्थाको नाममा क्रिश्चियन धर्मका प्रचारक रहेका ढकाल डरको बलमा राजनीतिमा उदाएका व्यक्ति हुन् । उनको संस्थाले कोरियाका एकजना धर्मगुरुको नाममा खोलिएको क्रिश्चियन धर्म अन्तर्गतको धार्मिक गतिविधि गर्दै आएको छ । शान्तिको नाममा ढकाल आफै क्रिश्चियन धर्मको प्रचारमा लागेको एक दशक भइसक्यो । उने उक्त संस्थामार्फत डलरको बलमा गरिब सोझा सिधा जनतालाई क्रिश्चियन बनाउने अभियान नै चलाएका छन् ।
स्रोतका अनुसार ओलीले नेपालमा क्रिश्चियनिटीलाई प्रश्रय दिदै आएका युरोपेली युनियमनका दातृ निकायहरुको दबाब र आर्थिक प्रभावमा ढकाललाई शान्ति मन्त्रालयको जिम्मेवारी सुम्पिएका हुन् । शान्ति मन्त्रालयका परियोजनाहरुमा डेनमार्क, फिनल्यान्ड, नर्वे जस्ता मुलुकहरुको अर्बौं रुपैयाँ आर्थिक सहयोग रहँदै आएको छ । त्यसैले उनीहरुले ति परियोजना मार्फत शान्ति स्थापना सम्बन्धी परियोजनासँगै आफ्नो शान्ति मुल उद्देश्य क्रिश्चियन धर्मको प्रचार गर्नका लागि ढकाललाई अघि बढाएको स्रोतले बतायो । ढकाललाई शान्ति मन्त्रालयको जिम्मेवारी दिए बापत ओलीले करिब पाच करोड रुपैयाँको डिल गरेको पनि स्रोतले दाबी गरेको छ । देशान्तर साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्