
नेपाल आयल निगमले काठमाडौंमा तीन दिन निजी कार तथा जीपलाई पेट्रोल वितरण गर्ने भएको छ । आयल निगमले पुस २२, २४ र २७ गते निजी कार तथा जीपलाई १५ लिटरका दरले तेल वितरण गर्न लागेको हो । तीनदिनमा झण्डै १३ लाख लिटर पेट्रोल वितरण गरिने निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
२२ गते बुधबार १ देखि ६ नम्बर लटका कारले तेल पाउने छन् । यस्तै २४ गते शुक्रबार ७ देखि १० नम्बर लटका कारलाई तेल वितरण गरिनेछ भने २७ गते सोमबार ११ भन्दा माथिका लटका कारले तेल भर्न पाउने निगम प्रवक्ता घिमिरेले बताए ।
वितरण गर्नुभन्दा एक दिन अघि नै पम्पमा तेल पुर्याइनेछ । बिहान ९ बजेदेखि पम्पमा तेल वितरण सुरु हुनेछ । तेल भर्न नवीकरण भएको ब्लु-बुक अनिवार्य गरिएको आयल निगमले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्