
एक रुपैयाँको नोट र सिक्का त्यस्तो वस्तु हो जसलाई बनाउन एक रुपैयाँभन्दा बढी खर्च लाग्छ। त्यही भएर राष्ट्र बैँकले एक रुपैयाँको नोट नै बनाउन छाडिसकेको धेरै भयो क्यार। नयाँ पुस्तालाई त एक रुपैयाँ बारे खासै ज्ञान नहोला, तर अलि पाको पुस्तालाई एक रुपैयाँको शक्तिबारे राम्रै ज्ञान होला।
एक रुपैयाँले केमात्र किन्न पाइन्न थियो त्यतिबेला। हामी स्कूलमा पढ्दा पनि एक रुपैयाँको खाजामा ‘सुपर बिस्कुट’ खान पुग्थ्यो। सिल्भाँ लेभीको पुस्तकमा आजभन्दा २२४ वर्षअघिदेखि २०० वर्षअघिसम्म एक रुपैयाँमा २५ पाथी अर्थात् ८४ किलो चामल पाइने उल्लेख छ। सन् १८३२ देखि १८३५ को बीचमा त्यही मोलमा १७ किलोमात्रै पाइन थाल्यो। अहिले त्यही सम्झिएर एक रुपैयाँको चामल किन्न गए भने पसलेले लखेट्छन् तपाईँलाई। एक रुपैयाँको पावर घटेको छ।
तर पनि एक रुपैयाँमा केही किन्न नपाइने भने होइन है। एक रुपैयाँमा अहिले बजारमा के के किन्न पाइन्छ त? हाम्रो नजिकैको किराना पसलमा जाँदा पसलले देखाएको चिज यस्तो थियो-
हाजमोला
आयुर्वेदिक औषधि हाजमोला भारतीय लगानीमा नेपालमा स्थापित कम्पनी डाबर नेपालले उत्पादन गर्छ।
सुकुमेल
एक रुपैयाँमा पाइने अर्को चिज सुकुमेलको एउटा दाना हो। नेपालमा ग्वाटेमालाबाट समेत सुकुमेल आयात हुने गर्छ।
सुपारी
यो पसलमा भेटिएको एक रुपैयाँमा पाइने अर्को चिज रहेछ सुपारी।
हल्स
आयुर्वेदिक औषधि हल्स पनि एक रुपैयाँमा पाइन्छ। यो पनि भारतबाटै आयात हुने गर्छ।
बनाना चुइङ्गम
फोटोमा पाँच स्टिकको एक प्याक देखाइएको छ। यो सबै एक रुपैयाँमा आउने भने होइन। विदेशबाट आयात हुने यो केरा स्वादको चुइङ्गमको एक स्टिक मात्रै एक रुपैयाँमा पाइन्छ।
चकलेट
चकलेट भन्ने बित्तिकै आजभोलिका बच्चाहरु क्याडबरी बुझ्छन्। तर यो पसलमा एक रुपैयाँमा आउने चकलेट पनि रहेछ।
यो पसलमा मैले एक रुपैयामा पाइने यही ६ चिज मात्रै भेट्टाएँ। तपाईँलाई पनि एक रुपैयाँमा आउने केही चिज थाहा छ? अथवा पहिले पहिले एक रुपैयामा किन्ने गरेको केही चिज सम्झना छ? तल कमेन्टमा लेख्नुस् है।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्