
काठमाडौं– झण्डा हल्लिने गाडीमा सरर हुँइकिने मन्त्रीले सेकुवा खाएको पैसा तिरेको छैन भन्दा कसले पत्याइदिने ? तर अनामनगरस्थित धराने सेकुवाको बाटो हुँदै जब जब जनसंख्यातथा वातावरण मन्त्री विश्वेन्द्र पासवान हुईकिन्छन् तबतब त्यहाँको साहुको मन नराम्ररी रुन्छ । कारण हो, ‘ आज दिन्छु भोलि दिन्छु भन्दाभन्दै झण्डै एक वर्षदेखि ५२ सय रुपयाँ नतिर्नु ।
सेकुवा साहु नेताले उधारो तिर्लान भन्ने आशले बसेका थिए , आसैआशमा उनी मन्त्री भइसके, पैसा दिने सुरसारै छैन । बानी ब्यहोरा विश्वेन्द्रको जस्तै भएका पूर्वसभासद राजकुमार नाब्लो उनलाई भेटेमा पिटिदिने भन्दै हिँड्न थालेका छन् । उनी पनि विश्वेन्द्रबाट पीडित रहेछन् । आजको जनआस्था दैनिक अगाडि लेख्छ – दोस्रो संविधानसभालगत्तै प्रचण्डले बनाएको २७ दलीय मोर्चामा विश्वेन्द्र पनि थिए ।
एक पक्षीय संविधान निर्माण गर्न लागिएको काठमाडौंमा जनप्रदर्शन गर्ने क्रममा विश्वेन्द्रको भागमा पाँच सय मानिस उतार्ने पर्यो । पाँचजना मान्छे ल्यान पनि मुस्किल पर्ने विचरोले कहाँबाट ल्याउन् पाँचसय मानिस ! त्यसपछि गाडीको तेल खर्च र पाँचसय मानिसलाई खाना, खाजार भक्ताको व्यवस्था गरिदिन्छु भन्दै त्यो जिम्मा राजकुमार लाई लगाए । राजकुमारले पाचसय मान्छे जम्मा पारिदिए तर विश्वेन्द्रले प्रसा दिएनन् ।