
पर्यटन मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले हवाई सेवालाई सुरक्षित,भरपर्दो बनाउनु पर्ने बताए । हवाई सेवा देशको मेरुदण्ड तथा समृद्धि मापन गर्ने व्यारोमिटर भएपनि बेलाबेलामा गुनासो आइरहेको भन्दै यसको व्यवस्थापन आवश्यक रहेको बताएका हुन् ।
त्यस्तै पर्यटनको विकाशका लागि पनि हवाई क्षेत्रलाई सुरक्षित तथा भरपर्दो बनाउन सल्लाह दिए । ‘हवाई सेवालाई सुरक्षित तथा व्यवस्थित नवनाई पर्यटन विकास सम्भव छैन’ उनले भने ।
विहीवार नागरिक उड्डयन प्राधिकरणको १७ औं बार्षिकोत्सवको अवसरमा उनले सम्वन्धित कर्मचारीहरुलाई सेवाग्राहीको नजरमा हामी कस्ता छौ भनेर जान्ने प्रयास गर्न सल्लाह दिए ।
कार्यक्रममा कर्मचारी युनियनहरुलाई जिम्मेवार हुन आग्रह गरे । कार्यक्रममा कर्मचारी युनियनहरुले मागेको सेवा सुविधाबारे उल्लेख गदै पहिला आफ्नो कर्तव्य पुरा गर्न सुझाए । ‘पहिला सेवा ग्राहीको माग पुरा गर्नुस,’ उनले भने, ‘सेवाग्रही सन्तुष्ट भएपछि तपाईको माग हामी तपाईहरुको पुरा गर्ने छौ ।’
सचिव थपलियाले नागरिक उड्डयन प्राधिकरणलाई धेरै आम्दानी गर्न सक्ने संस्थाका रुपमा विकास गर्न आग्रह गरे ।
सो अवसरमा उनले देशको एक मात्र अन्तरराष्ट्रिय विमानस्थलमा सधै व्यवस्थित नभएको गुनासो आउने गरेको बताए । त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा रङ लगाएपनि भुाइमा रङका दाग लगाएको भन्दै प्रश्न गरे ‘रङरोगन गर्दा दाग लगाउने ब्य्वस्था पनि छ ? सचिव थपलियाले प्राधिकरणले आफ्नो सम्पत्तिको जगेर्ना गर्न नजानेको आरोप लगाए । मोटो रकम खर्च गरेर बनाएको विमानस्थललाई खुल्ला चउरको रुपमा छोडेर सम्पत्तिको व्यवस्थपन नगरेको बताए ।
साथै उनले यसरी खुल्ला छोड्दा प्रतिशपर्धात्मक क्षमतामा ह्रास आउने भएकोले विमानस्थल प्रमुखसँग समन्वय तथा छलफल गर्न आग्रह गरे । सचिव थपलियाले कर्तव्य निष्ठ विमास्थल प्रमुखलाई सम्मान तथा आफ्नो जिम्मेवारी पुरा नगर्नेलाई दण्ड दिन समेत प्राधिकरणलाई निर्देशन दिए ।
त्यस्तै विमानस्थलमा पूर्वाधार निर्माणका काम धेरै नटिकेकोमा चिन्ता व्यक्त गरे । मन्त्रालयका सचिव थपलियाले हवाई सेवा सम्वन्धि तालीम लिन नेपाल आउने वातावरण बनाउन आग्रह ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्