×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब दैनिक १५ घण्टा लोडसेडिङ, २०६५ पछिकै उच्च लोडसेडिङ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अब दैनिक १५ घण्टा लोडसेडिङ, २०६५ पछिकै उच्च लोडसेडिङ

Artha Sarokar

२० पुष २०७२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नेपाल विद्युत प्राधिकरणले सोमबारबाट लागु हुने गरी लोडसेडिङ बढाउने भएको छ । अहिले दैनिक ११ घण्टा लोडसेडिङ भइरहेकोमा प्राधिकरणले एक घण्टा बढाएर दैनिक १५ घण्टासम्म पुर्‍याउन लागेको हो । अब हप्ताको ८६ घण्टा बत्ती जानेछ ।
प्राधिकरणले पछिल्लो दुई हप्तामा तेस्रो पटक लोडसेडिङको समयावधि बढाएको छ । विद्युत प्राधिकरणका अनुसार अब साताको तीन दिन दैनक १३र१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन ।
प्राधिकरणले यसअघि २०६५ सालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ गरेको थियो । यसपटक दैनिक १५ घण्टासम्म लोडसेडिङ पुर्‍याइएको छ ।
प्राधिकरणले भारतबाट पनि बिजुली आयात गरी वितरण गरिरहेको छ । प्राधिकरणले ढल्केवर(मुजफ्फपुर प्रसारण लाइन आयोजना निर्माण सम्पन्न गरी छिट्टै नै भारतबाट थप ९० मेगावाट बिजुली आयात गर्ने तयारी गरिरहेको छ ।
भारतको नाकाबन्दीका कारण इन्धनको अन्य विकल्प नहुँदा यो वर्ष बिजुलीको माग उच्च छ । ग्यासको अभाव हुँदा मानिसहरुले विद्युतबाट खाना पकाउने गरेकाले बिजुलीको माग बढेको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी