Skip to content
LAXMI SUNRISE BANK

सुनको भाउ नयाँ उचाईमा, साताको अन्तिम दिन, शुक्रबार प्रतितोला ५६२५० मा कारोबार

अर्थ सरोकार

सुनको मूल्य दुइ बर्ष यताकै महँगो भएको छ । साताको अन्तिम दिन आज शुक्रबार   सुन को मूल्यमा वृद्धि भएको छ ।  बिहिबार  प्रति तोला ५६ हजारमा कारोबार भएको  छापावाल सुन आज  तोलामा ५ सयले बढेर प्रति तोला ५६ हजार ५ सयमा कारोबार भई रहेको छ । त्यस्तै तेजाबी सुन प्रति तोला ५६  हजार २  सय ५० रुपियाँमा कारोबार भईरहेको छ । चाँदी प्रति तोला ७ सय ३५   मा कारोबार भई रहेको छ । नेपाल सुनचांदी व्यवसायी संघले आज शुक्रबारको  कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४८  हजार ४ सय ४० रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४८ हजार २ सय २५  रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय  ३०  रुपियाँ कायम गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK